धरान वडा १० मा एमालेको प्यानल र १८ मा कांग्रेसको प्यानल नै विजयी

  • जेठ ४, २०७९
  • ३२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ जेठ ः धरानमा जारी मतगणनामा वडा नं. १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार ३८ बर्षीय विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् ।

यस्तै, एमालेबाट महिला खुला सदस्यमा फुर्दिकी शेर्पा ८७२ मत प्राप्त गरेर विजयी भइन् भने दलित महिला सदस्यमा अरुणा सुन्दास ८४८ मत प्राप्त गरेर विजयी भइन् । यस्तै, खुला सदस्यमा कृष्णबहादुर राई ८०२ मत प्राप्त गरेर निवार्चित भएका छन् । अर्का खुला सदस्यमा शम्सेर वर्देवाले ८०० मत प्राप्त गरेर निवार्चित भएका छन् ।

पितृ शोकमा विजयी वडाअध्यक्ष राई

वडाअध्यक्षमा विजयी भएका विवेक राईलाई पितृ शोक परेको छ । उनको ७० बर्षीय बुबा बुद्धिराज राईको हिजो ९मंगलबार० दिउँसो करिब पौने ३ बजे निधन भएको थियो ।

बुबाको निधन भएकोले राईले खुलेर विजय उत्सव पनि मनाउन सकेका छैनन् । वडाअध्यक्षमा आफु विजयी भएको खुशी सुनाउन नपाउदै बुबाको निधनले उनी शोकमा छन् । यद्यपी, आज र भोली विजयी र्यालीमा सहभागी हुने र शुक्रबार मात्र बुबाको अन्त्येष्टी गर्ने राईले बताए ।

धरान वडा १८ मा कांग्रेसको प्यानल निवार्चित

धरानको वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल निवार्चित भएको छ ।

वडा १८ को वडाअध्यक्षमा नेपाली कांग्रेसबाट नरेन्द्रकुमार राई (प्रविण) निवार्चित भएका छन् । उनी वडाअध्यक्षमा दोहोरिएका हुन् ।

281937857_599739127708797_4584642606438965266_n

उनले २०७४ मा एमाले गढ भत्काउदै कांग्रेसलाई विजयी गराएका थिए । दोस्रो पटक निवार्चित हुने क्रममा उनले ७८४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी एमालेका ऋषिराज राईले ३०६ मत मात्र पाए ।

यस्तै, महिला सदस्यमा दिलकुमारी राई ५९८ मत प्राप्त गरेर विजयी भइन् भने दलित महिला सदस्यमा जमुना त्रिखत्री ६०८ मत प्राप्त गरेर विजयी भइन् । महिला सदस्यतर्फ टंकप्रसाद गुरुङ ६६६ मत पाएर निवार्चित भएका छन् ।

खुला सदस्यमा दिवन राई (ठुलो भाई) ४६६ मत पाएर निवार्चित भएका छन् । दिवनबाहेक सबै जनप्रतिनिधिहरु दोहोरिएका हुन् । २०७४ मा एक जना वडा सदस्य एमालेबाट निवार्चित थिए ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic