धरान १९ मा एमालेको प्यानलै विजयी

  • जेठ ५, २०७९
  • १,१५६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ जेठ ः धरान वडा नं १९ मा नेकपा एमालेले वाजी मारेको छ । नेकपा एमालेले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसलाई पराजित गर्दै वाजी मारेको हो ।

एमालेको तर्फबाट वडाध्यक्षमा पुर्ण लिम्बुले ९२८ मत प्राप्त गरेर विजयी यात्रा अघि वढाए भने निकटतम प्रतिद्धन्दी राजकुमार थोप्राले ८५४ मत प्राप्त गरेका थिए ।

अर्का वडाध्यक्षका उम्मेद्वार जनता समाजवादी पार्टीका सुमन चेम्जोङले १९६ मत प्राप्त गरेका छन् ।

निर्वाचित वडाअध्यक्ष लिम्वूले दोस्रो पटक पनि वाजी मारेका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि निवार्चित भएका थिए ।

यसैगरि, महिला सदस्यतर्फ एमालेकै झुमादेवी गुरुङ ९५३ मतका साथ निवार्चित भइन् भने दलित महिला सदस्यमा चन्द्रमाया बिक ९२७ मतका साथ निवार्चित भइन् । यस्तै, खुला सदस्यमा जसरथ थलङ ८९८ मत र लोकेन्द्र राई ८८७ मतका साथ निवार्चित भएका छन् ।

उप निर्वाचन २०७६मा एमाले भन्दा ५सय मतले कांग्रेस अघि भएको भएपनि अहिलेको निर्वाचनमा कांग्रेस पछि परेको हो ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic