दशक महोत्सव मनाउने तयारीमा युएन नवोदय कलेज

  • जेठ ६, २०७९
  • १८३ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,७ जेठ ः यु.एन.नबोदय कलेज धरान–१६ ले स्थापनाको १० वर्ष पुगेको अबसरमा दसक महोत्सव मनाउने भएको छ।

कलेजले विशेष कार्यक्रमका साथ ज्येष्ठ ७ गते शनिवार दशक महोत्सव मनाउने भएको हो ।

कलेजले दिएको जानकारी अनुसार धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा कार्यक्रम आयोजना गर्न लागेको छ ।

कार्यक्रममा प्रदेस नम्बर १ का सामाजिक बिकास राज्य मन्त्री बिष्णु तुम्बाहाम्फे प्रमुख अतिथि रहने कलेजले जनाएको छ।दसक महोत्सबका अबसरमा बिएचएम पहिलो सेमेष्टर र बिबिएस पहिलो बर्षका बिद्यार्थीलाई स्वागत गरिनुका साथै कक्षा–१२ र बिबिएस चौथो बर्षका बिद्यार्थीलाई बिदाई गर्ने कार्यक्रम रहेको कजेजको भनाई रहेको छ ।

सो कार्यक्रममा अन्तर्गत गत साल आयोजना गरिएको खेलकुद सप्ताहमा बिजेता हुनुका साथै यु।एन।नबोदय ट्यालेन्ट शो मा बिजेता भएका बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिने भएको छ ।

कलेजका अध्यक्ष ज्ञानेश्वर झा का अनुसार बिभिन्न बिधामा उत्कृष्ट प्रतिभावान बिद्यार्थीलाई सम्मान गरिनुका साथै बर्षको उत्कृष्ट बिद्यार्थी,धरान र प्रदेसमै उत्कृष्ट हुने बिद्यार्थीलाई समेत सम्मान तथा पुरस्कार बितरण गरिने छ ।

सो कार्यक्रम अन्तर्गत पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा योगदान पुर्याउने पत्रकार र खेलकुद क्षेत्रमा योगदान पुर्याउने धरानका खेलाडिलाई समेत सम्मान गरिने क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले जानकारी दिएकाछन् ।

अहिले सम्म कलेजले हासिल गरेका उपलब्धि र प्रगतिको बारेमा सारा बिद्यार्थी, अभिभावक, शुभचिन्तकका साथै सम्पुर्ण महानुभावहरु माझ पुर्याउन र राजधानिलाई टक्कर दिन सक्ने शैक्षिक संस्था धरानमा पनि छ भन्ने कुराको सन्देस दिनका लागि दसक महोत्सब मनाउन लागिएको क्याम्पस प्रमुख तुम्बापोको भनाई रहेको छ ।

युएन नबोदय कलेज म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा प्रदेस नम्बर १ कै ब्रान्ड कजेज भएको हुनाले दसक महोत्सव भब्य र सभ्य रुपमा सफल पार्नका लागि ब्यबस्थापनमा कुनै कमि नआओस भनेर चुस्त दुरुस्त टिम बनाएर तयारी भईरहेको क्याम्पस प्रमुख तुम्बापोले बताए।

उनले भने–सनिबार हुने दसक महोत्सबका लागि प्रमुख अतिथि, अतिथिहरुलाई निमन्त्रणा गर्ने देखि आवस्यक सम्पुर्ण तयारी पुरा गरेका छौ ।

कलेजको स्थापना कालदेखि नै नेपालमा रहेका धेरै शैक्षिक सन्स्थाहरुले रोजगार र आत्मनिर्भर बनाउने शिक्षा भन्दा पनि बेरोजगार बढाउने शिक्षा दिदै आएको निचोड निकाल्दै उक्त कुरालाई चिर्नको लागि रोजगारमुखि र ब्यबहारिक शिक्षामा जोड दिदै आएको क्याम्पस प्रमुक्ग तुम्बापो बताउछन।

युएन नबोदय कलेजबाट उत्पादन भएका हजारौ बिद्यार्थीहरु राष्ट्रीय तथा अन्तरराष्ट्रीय रुपमा बिभिन्न क्षेत्रमा धेरै राम्रो रोजगार पाएका छन।

कतिपय बिद्यार्थीहरु बैन्कर्स भएका छन भने कति होटल र हस्पिटालिटि इन्डष्ट्रीमा रहेका छन।उद्यमि बनेर आत्मनिर्भर बनेका बिद्यार्थीहरु पनि प्रसस्तै भएको कलेजले जनाएको छ।होटल म्यानेजमेन्ट र म्यानेजमेन्टमा प्रदेस नम्बर १ मै ब्रान्ड कलेजको रुपमा स्थापित युएन नबोदय कलेजले गत सालदेखि बिज्ञान सन्काएको पढाई पनि सुरुवात गरेको छ।

२०६८ सालमा ११ जना बिद्यार्थीबाट सुरु भएको कलेजमा प्लस टु र स्नातक गरेर हाल करिब १ हजार ५०० बिद्यार्थीहरु अध्ययनरत छन।

पछिल्लो समय युएन कलेज धरानको स्थापित शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic