धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ निर्वाचित

  • जेठ ८, २०७९
  • ७३९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ जेठ ः स्वतन्त्रबाट हर्क साम्पाङले धरान उपमहानगरपालिको मेयरमा वाजी मारेकाछन् ।

आइतबार सम्पन्न मतगणनामा साम्पाङले निर्वाचित भई वाजी मारेका हुन ।

उनले २०८२१ मत प्राप्त गर्दै मेयरमा बाजी मारेका हुन ।

धरानमा गठबन्धन तर्फका मेयरका उम्मेद्वार किशोर राईले १६०५९ मत प्राप्त गरेका छन भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारी सुवेदीले १२८२५ मत प्राप्त गरेकी छन । गठबन्धनका उम्मेद्वार राईले साम्पाङ भन्दा ४हजार ७ सय ६२ मत कम ल्याएका थिए ।

विजयी पश्चात साम्पाङले धराने जनतालाई खानेपानी खुवाउने आफ्नो पहिलो एजेण्डा खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिक्रिया दिएकाछन ।

यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन । उनले आफ्नो निकट्तम प्रतिद्धन्दि एमालेका उम्मेद्वार पदम ईस्बोलाई १२३४ मतान्तरले पराजित गरेका छन । उनले २०५१० मत प्राप्त गरेका छन भने पदम लिम्बुले १७६०६ मत प्राप्त गरेका छन ।

धरानमा २० वटा वडामा सबै भन्दा धेरै वडा नेकपा एमालेले जितेको छ । एमालेले मेयर र उपमेयर गुमाए पनि १० वटा वडा जितेको छ ।

यसैगरि नेपाली कांग्रेसले ७ वटा वडा, नेकपा (माओवादी केन्द्र)ले उपमेयर सहित १ वटा वडा र स्वतन्त्रले १ वटा वडा जितेको छ ।

नगर परिषदमा एमालेले स्पष्ट वहुमत हासिल गरेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic