धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ निर्वाचित

  • जेठ ८, २०७९
  • ७९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ जेठ ः स्वतन्त्रबाट हर्क साम्पाङले धरान उपमहानगरपालिको मेयरमा वाजी मारेकाछन् ।

आइतबार सम्पन्न मतगणनामा साम्पाङले निर्वाचित भई वाजी मारेका हुन ।

उनले २०८२१ मत प्राप्त गर्दै मेयरमा बाजी मारेका हुन ।

धरानमा गठबन्धन तर्फका मेयरका उम्मेद्वार किशोर राईले १६०५९ मत प्राप्त गरेका छन भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारी सुवेदीले १२८२५ मत प्राप्त गरेकी छन । गठबन्धनका उम्मेद्वार राईले साम्पाङ भन्दा ४हजार ७ सय ६२ मत कम ल्याएका थिए ।

विजयी पश्चात साम्पाङले धराने जनतालाई खानेपानी खुवाउने आफ्नो पहिलो एजेण्डा खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिक्रिया दिएकाछन ।

यसैगरी उपमेयरमा गठबन्धन तर्फका उम्मेद्वार अइन्द्र विक्रम बेघा निर्वाचित भएका छन । उनले आफ्नो निकट्तम प्रतिद्धन्दि एमालेका उम्मेद्वार पदम ईस्बोलाई १२३४ मतान्तरले पराजित गरेका छन । उनले २०५१० मत प्राप्त गरेका छन भने पदम लिम्बुले १७६०६ मत प्राप्त गरेका छन ।

धरानमा २० वटा वडामा सबै भन्दा धेरै वडा नेकपा एमालेले जितेको छ । एमालेले मेयर र उपमेयर गुमाए पनि १० वटा वडा जितेको छ ।

यसैगरि नेपाली कांग्रेसले ७ वटा वडा, नेकपा (माओवादी केन्द्र)ले उपमेयर सहित १ वटा वडा र स्वतन्त्रले १ वटा वडा जितेको छ ।

नगर परिषदमा एमालेले स्पष्ट वहुमत हासिल गरेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic