धरानमा प्रदेशस्तरीय फुटवल

  • असार १०, २०७९
  • १९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१० जेठः खेलकुदको शहर उपमनामले परिचित धरानमा खेलकुदका विभिन्न प्रतियागिताहरु हुने गरेको छ । सोही क्रममा धरानमा मितेरी फुट्सल वि क्याटोगरी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजकले विहिबार पत्रकार सम्मेलन मार्फत असार १४ १५ र १६ गते धरान ११ स्थित मितेरी फुटसलमा बि क्याटेगरी फुटसल टुर्नामेनट हुने जानकारी दिएको हो ।

आयोजकका अनुसार टुर्नामेन्टमा प्रदेश नम्बर १ भरिबाट ३० वटा टिम सहभागी हुने हुने भएको छ । उक्त टुर्नामेन्टमा क्याटागेरी नछुटाई सबैलाई एउटै प्रतियोगितामा समावेश गर्दा फुटसल प्रतियोगितामा उत्कृष्ट र तालिम प्राप्त खेलाडीहरुकोमात्र खेलको बिकास हुने र नयाँ खेलाडीहरुको खेल प्रतिभा बिकास नहुने भएकाले नव प्रतिभावन खेलाडी खोजी गर्नका लागि बि क्टागेरीको फुटशल गर्न लागेको मितेरी फुटसल सञ्चालक लोकेन्द्र राईले बताए ।

उक्त प्रतियोगितामा बिजेताले ५० हजार नगद र उपबिजेताले २५ हजार नगद प्राप्त गर्ने छन ् भने व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ठ गोलकिपर ,उत्कृष्ठ खेलाडी र उत्कृष्ठ नवउदयीमान खेलाडीले नगद २५ सय र स्पोर्ट सुज दिईने मितेरी फुटसलका सञ्चालक राईले बताएका छन्।

टुर्नामेन्टबाट बचेको केही रकम धरानको विकास निर्माण तथा समाजसेवाका लागि खर्च गर्ने मुख्य उद्देश्य रहेको वताए । उनले आगामी दिनमा पनि समाजसेवा तथा धरानको बिकासमा अघि बढदै जाने बताए ।

उक्त पत्रकार सम्मेलनको सञ्चालन मितेरी पुटसलका सल्लाकार तथा जिल्ला वक्सिङ खेलका प्रशिक्षक बिकास गुबाजुले गरेका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic