सुनसरी उद्योग वाणिज्य संघको मतदान सम्पन्न अध्यक्षमा तीन जनाको भिडन्त

  • असार २०, २०७९
  • ३,४४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० जेठ ः सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

संघको कार्यालय धरान १ स्थित सभाहलमा विहान ८ वजेदेखि शुरु भएको मतदान शान्तिपूर्ण भएको हो ।

संघमा २ हजार ९नौ सय ७४ जना मतदाता रहेकोमा २२७८ मत खसेको थियो । प्रमुख निर्वाचन अधिकृत राजेन्द्र शर्माका अनुसार वाणिज्य तर्फ १४ सय, उद्योग ७ सय ८२, वस्तुगत १९ गरी जम्मा २२७८ जनाले मतदान गरेकाछन् ।

संघको एक जना अध्यक्ष, ८ जना वाणिज्य सदस्य, ४ जना उद्योग सदस्य, २ जना वस्तुगत सदस्य र १ जना महिला सदस्यको लागि निर्वाचन भएको हो ।

आयोगका अनुसार अध्यक्ष पदमा ३ जना उम्मेद्वार रहेका छन् । जसमा लोकतान्त्रिक गठबन्धनबाट विजय श्रेष्ठ उम्मेद्वार छन् भने बामगठबन्धनबाट शिवराज श्रेष्ठ उम्मेद्वार भएकाछन् ।

विजय श्रेष्ठ यसअघि पनि अध्यक्षका उम्मेद्वार थिए, र वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतले पराजित भएका थिए । वामगठवन्धनका उम्मेद्वार शिवराज श्रेष्ठ वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए ।

यसैगरि, अध्यक्ष पदमा संघका पुर्वअध्यक्ष पवन अग्रवालले पनि उम्मेद्वारी दिएका छन् । विजय श्रेष्ठ र शिवराज श्रेष्ठले आ आफ्नो प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । अग्रवालको भने प्यानल छैन । उनी स्तवन्त्र रुपमा मैदानमा उत्रिएकाछन् ।

संघको ८ जना वाणिज्य सदस्य पदको लागि २१ जना उम्मेद्वार छन् भने ४ जना उद्योग सदस्यमा ६ जना, २ जना वस्तुगत सदस्यको लागि ५ जना र १ जना महिला वाणिज्य सदस्य पदमा २ जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसअघि एशोसिएटतर्फ ३ जना र उद्योग महिला सदस्यतर्फ १ जना निर्वोरोध निवार्चित भइसकेका छन् ।

निर्वाचन शान्ति र उत्साह जनक भयो र भोली वाहिन ७ः३० वजेदेखि मतगणना शुरु गर्ने तयारी रहेको निर्वाचन प्रमुख राजेन्द्र शर्माले जानकारी दिनुभएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic