हिबिसकस स्कुलमा धरान मै पहिलो पटक कानुन विषयमा पढाई शुरु नयाँ विषय भएकोले विद्यार्थीको आर्कषण वढने स्कुलको दावी

  • असार २६, २०७९
  • १५,८९९ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२६ असार ः धरान–१५ स्थित हिबिकस बोर्डिङ्ग स्कुलले यसै शैक्षिक शत्रबाट कानुन विषय पढाई हुने भएको छ ।

आईतवार स्कुलले पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको थियो ।

धरान मै पहिलो पटक २ लेवल मै कानुन बिषयमा पढाई हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने उद्धेश्यले नया शैक्षिक सत्रबाट कानुन विषय पढाइ गर्न लागको जानकारी दिनुभएको थियो ।

प्रवन्ध निर्देशक राईका अनुसार नयाँ शैक्षिक सत्र २०७९÷८० बाट दैनिक जिवनमा आवश्यक पर्ने र समाजका लागि अपरिहार्य रुपमा रहेको कानून विषयको अध्ययन ÷अध्यापन कक्षा ११र१२ मा गराउने उद्देश्यले कक्षा सञ्चालन गर्न लागिएको हो ।

स्कुलका भाइस प्रिन्सिपल बिजयसिंह थेवेका अनुसार कक्षा ११ र १२ मा कानुन विषय धरानकै पहिलो भएको र सम्पूर्ण तयारी पुरा भएको छ ।

थेवेले मुलुकमा कानूनी जनशक्तिको बढ्दो माग रहेको,रोजगारका लागि अवसर प्राप्त गर्न सदावहार जनशक्ति खपत हुने, संविधान र कानूनको शान कानूनी विद्यार्थीहरुलाई समाजमा हेर्न दृष्टि भिन्नता, कानूनी शिक्षणको बढ्दो आकर्षण यो विषयको विशेषता रहेको जानकारी दिनुभयो ।

उहाँले लोकप्रियता लगायत समग्र समाज अध्ययन गर्ने विषय पनि भएकोले समाजमा कानुनी शिक्षा अपरिहार्य रहेको दावी समेत गर्नुभयो ।

प्लस टु इन्चार्ज बिकास शाहले कानून विषयको क्षेत्रमा विद्यार्थि र अभिभावकको रुची दिनप्रतिदिन बद्दै गएको दावी समेत गर्नुभयो ।

कानूनमा कक्षा ११र१२ को अध्यन न्याय सेवामा सुब्वा, लेखापढी व्यवसाय सञ्चालन र बिए. एल.एल. बि.तथा उच्चा शिक्षा सकेपछि कानूनसंग सम्बन्धीत फाँटना लोकसेवा आयोग मार्फत रोजगारका अवसर हुने दावी समेत गर्नुभयो ।

इन्चार्ज साहका अनुसार यो शैक्षिक सत्रमा ३ समूह गरी ९० जनाका लागि कक्षा ११मा पढानको लागि व्यवस्था मिलाईको छ ।

सर्वोच्च अदालतका न्यायधीशका सुनौलो अवसर प्राप्त गर्ने सक्ने स्कुल प्रशासनले विश्वाश लिएकोछ ।
थोरै लगानीमा यो विषय पढन सकिने भएकोले पनि यस क्षेत्रमा विद्यार्थीको आर्कषण वढने विद्यालयको दावी रहेको छ

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic