नेशनल एकेडेमीमा विद्यार्थीहरुवीच साँस्कृतिक प्रतियोगिता हुने

  • साउन १२, २०७९
  • ३,०३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ साउन ः धरान १ स्थित नेशनल एकेडेमी स्कुलले विद्यार्थीहरुवीच साँस्कृतिक सम्मेलन गर्ने भएको छ ।

सो कार्यक्रमका लागि स्कुलमा विद्यार्थीहरुको फेसन एण्ड मोडलिङ क्लवलाई निरन्तरता दिदै काम गर्दै आएकी स्रोत व्यक्ति मिस नेपाल आइडल २०१८ विजेता मेरुना तुम्साले को अर्डिनेटरको भूमिका निर्वाह गरीरहेको एकेडेमीले जनाएको छ ।

final photo = 1

तुम्साका अनुसार हरेक स्कुलबाट पाच देखि आठ जनाको संख्यामा विद्यार्थीहरुले नेपालको कुनै जातिको मौलिक भेषभुसामा सहभागिता रहनेछ ।

विद्यार्थीहरुको टिम लिडरले उक्त जातिको संस्कृतिको वारेमा छोटो पावरपइन्ट प्रेजेन्टेशन गर्नुपर्ने र उक्त संस्कृतिसंग सम्वन्धित एउटा नृत्य समूहले प्रस्तुत गर्नुपर्नेछ ।

विद्यार्थीहरुले आफूलाई मन परेको साँस्कृतिक पहिरनमा सहभागी सक्ने तुम्साको भनाई रहेको छ ।

final photo = 3

सो प्रतियोगितामा उत्कृष्ट छनौट भएमा ट्रफि सहित नगद ५० हजार र प्रमाण–पत्र प्रदान गरीने तुम्साले वताएकिछिन । प्रतियोगितामा सहभागी सवैलाई प्रमाण पत्रको व्यवस्था गरीएको एकेडेमीले जनाएको छ ।

यस कार्यक्रमले विद्यार्थीहरुमा नेपालको संकार संस्कृतिका विषयमा वास्तविक ज्ञान हासिल हुनुका साथै भावि पुस्तामा संस्कार संस्कृति प्रति आर्कषण वढने एकेडेमीका प्रिन्सिपल श्रीसिसा राईले वताउनु भयो ।

विद्यार्थीहरुमा साँस्कृतिक ज्ञान प्रदान होस भन्ने उदेश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल राईको भनाई रहेको छ ।

final photo = 2

नेशनल एकेडेमी स्कुल प्रदेश नं. १ बाट अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ प्राप्त गर्ने पहिलो भएको स्कुलले दावी गर्र्दै आएको छ ।

प्रतियोगिता धरान कै पहिलो भएको स्कुलको दावी रहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic