प्राइम भिजनमा र डिइ इ कम कलेजका विद्यार्थी

  • साउन २१, २०७९
  • ३,४६१ पटक पढिएको
  • छाल खबर
alt

धरान ः धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको कक्षा कोठामा केहि फरक दृष्य देखियो । फरक कलेजको पोसाकमा फरक कलेजका दुइ विद्यार्थी प्राइम भिजन कलेजमा प्रवेश गरे ।

ति विद्यार्थीहरु प्राइम भिजनमा आउँदा कक्षाका अन्य विद्यार्थीहरुले भब्य स्वागत गरे । तर ति विद्यार्थीहरु प्राइम भिजनमा किन आए त ? ति विद्यार्थीहरु कुन कलेजबाट आएका हुन् भन्ने प्रश्न सबैमा रहेको देखिन्थ्यो ।

सबै विद्यार्थीसंगै बसेर कक्षामा परिचयात्मक कार्यक्रम गर्दा थाहा भयो ति विद्यार्थीहरु डिइ इ कम कलेज उर्लाबारीका रोमा आले मगर र सुरेखा आचार्य रहेछन् ।

विद्यार्थीहरुको परिचय गराउँदै कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले डिइ इ कम उर्लाबारी र प्राइम भिजन कलेज धरानबीच स्टुडेण्ट एक्सचेन्ज कार्यक्रम अन्तर्गत ति विद्यार्थीहरु धरान आएको जानकारी गराए ।

साथै सो कार्यक्रम अन्तर्गत प्राइम भिजन तर्फबाट निर्निमेष गुरुङ्ग र रामभक्त राईले सहभागिता जनाएको सिग्देलले बताए ।

प्रदेश नम्बर १ मा नै पहिलो पटक गरिएको उक्त कार्यक्रमले विद्यार्थीलाई नयाँ ठाउँ, फरक परिवेशमा अध्यन गर्ने वातावरण मिलेको कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।

हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले अध्यन गरेका बिषयलाई अभ्यासमा प्रस्तुतीकरण गर्दै प्राइम भिजनका विद्यार्थीले तीन दिनका लागि गत बिहिबार धरान आएका पाहुना छात्राहरुलाई धरानका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु भ्रमण गराए भने पाहुना छात्राहरुले आफ्ना कलेजमा हुने गरेको अध्ययन, अतिरिक्त क्रियाकलाप र सिकेका कुराहरुको प्रस्तुतीकरण गरेका थिए ।

यस स्टुडेण्ट एक्सचेन्ज कार्यक्रमले नयाँ ठाउँ, नयाँ अनुभव र फरक शिक्षण वातावरणमा पढ्ने अवसर मिलेको कार्यक्रममा सहभागी छात्रा सुरेखा आचार्यले बताइन् ।

धरानमा आफु पहिलो पटक आएको र यहाँ आएर विभिन्न ठाउँहरु घुमेर नयाँ परिवेशमा अध्यन गर्न पाउँदा अत्यन्तै खुशी महसुस भएको अर्की छात्रा रोमा आले मगरले बताइन् ।

“यहाँको अध्यापन शैली फरक र आधुनिक प्रबिधियुक्त रहेको र त्यहि कारण यस कलेजलाई स्मार्ट कलेज भनिएको रहेछ ।“ आलेले बताइन् ।

पहिलो पटक परिक्षणका रुपमा गरिएको यस प्रकारको अभ्यासले विद्यार्थीलाई नयाँ वातावरणमा घुलमिल गर्न सक्ने क्षमताको विकास हुने र नयाँ परिवेशमा अध्यन गर्ने अवसर प्राप्त भएको कलेजका सी इ ओ अभिषेक श्रेष्ठले जानकारी दिए ।

यो कार्यक्रम आगामी दिनमा अन्य एडभान्स डिप्लोमा अध्यापन गराउने कलेज जस्तै चितवन, बिराटनगर, दमक, बिर्तामोड, काठमाडौँ लगायतका स्थानमा थप गर्दै जाने श्रेष्ठले बताए ।

प्राइमभिजन र डिइ इ कम कलेज दुवै एल सी सी आई ग्लोबल क्वालिफिकेशन अथोरिटीबाट सम्बन्धन प्राप्त कलेज हो ।

वि लभ यु फाउण्डेशनद्धारा १ सय पिन्ट रगत संकलन

छाल खवर धरान,१४ फागुन ः वी लभ यु फाउण्डेशनले ८८२ औं विश्वव्यापि रक्तदान कार ...

अफ्ठ्यारोमा परेर ऋण तिर्न नसक्नेहरु कालोसूचीमा नप

छाल खवर धरान,१४ फागुन ः अबदेखि परिस्थितिजन्य कारणले ऋण चुक्ता गर्न नसक्ने ऋ ...

सिद्धार्थ शिशु सदनमा अत्याधुनिक शैक्षिक पूर्वाधार

छाल खवर धरान,१३ फागुनःः सिद्धार्थ शिशु सदन धरान–१६ ले शैक्षिक गुणस्तर ...

एमाले भोजपुरका उम्मेदवार शेरधन राइको प्रतिबद्धता स

छाल खवर धरान,१३, फागुन ः नेकपा (एमाले)को तर्फबाट भोजपुरका प्रतिनिधि सभा सदस ...

सुनसरी १ मा एमालेको प्रतिबद्धता शिक्षा, स्वास्थ्य

छाल खवर धरान,१२फागुन ः नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले आफ्नो चुनावी घोष ...

रोटरी क्लव धरान घोषाद्धारा दुइ वाल केन्द्रलाई सहयो

छाल खवर धरान,१२ फागुन रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic