प्राइम भिजनका विद्यार्थीहरुको ओरेन्टेशन कार्यक्रम सम्पन्न

  • भदौ ४, २०७९
  • ६,४०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,४ भदौः होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा प्रदेश नं १ मा नाम कमाउन सफल धरान स्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ ।

photo = 3 copy

पाँच तारे होटलहरुको सञ्चालन प्रकृया सम्बन्धि विद्यार्थीलाई स्थलगत रुपमा अवलोकन सहित झापामा रहेको होटल मेची क्राउनमा ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको हो ।

एडभान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय संयुक्त रुपमा अध्ययनका लागि आएका विद्यार्थीलाई होटल मेची क्राउनका एचआर मेनेजर समिर संग्रौलाले होटल क्षेत्रमा आफुले भोगेका तिता मिठा अनुभवका बारेमा जानकारी गराएका थिए । साथै संग्रौलाले विद्यार्थीहरुलाई होटल भिजिट समेत गराएका थिए ।

photo = 4

कलेज र कोर्सका विषयमा कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले विधार्थीहरुलाई सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुलाई एलसीसीआईले तयार पारेको होटल म्यानेजमेन्ट सम्वन्धी पाठ्यपुस्तक, ब्याग तथा होटल म्यानेजमेन्टका प्रयोगात्मक शिक्षामा प्रयोग हुने सामाग्रीहरु समेत उपलब्ध गराइएको थियो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic