बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी सर्बोत्कृष्ट प्रहरी घोषित

  • भदौ ८, २०७९
  • २,८०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ भदौंः साउन महिनाको सर्वोष्कृट प्रहरीमा प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्वाङ र अर्जुन अधिकारी घोषित भएकाछन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारीलाई श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका–१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका– १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी निज बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्न सफल वनेका थिए ।

घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल समेत भएको थिए भने प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका –६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका–८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएका थिए ।

नेम्वाङ र अधिकारीको कार्यसम्पादन गरेको उत्कृष्ट कार्यको मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट २०७९ साल श्रावण “महिनाको सर्वोत्कृष्ट प्रहरी” वेष्ट पुलिस अफ द मन्थ) घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्र्तगत रहेका इलाका प्रहरी कार्यालय क स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आईएको छ ।

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic