मुख्यमन्त्री राजेन्द्र राईको चुनावी ध्यान सुनसरी १ तिर

  • भदौ १०, २०७९
  • ११,२१५ पटक पढिएको
  • छाल खबर
alt

खेम बहादुर माझी
धरान,१० भदौं ः नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुनसरी क्षेत्र नं १ बाट संघीय निर्वाचनका लागि प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्र राई सिफारीस भएकाछन् ।

प्रदेश सभामा भोजपुरबाट निर्वाचित भई मुख्यमन्त्री वनेका राई संघीय निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ बाट सिफारीस भएका हुन् ।

rajendta rai fial

त्यसैगरी अन्य सिफारीस भएका उम्मेद्वारहरुमा केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राई, केन्द्रीय परिषद सदस्य लक्षुमण चौधरी, प्रदेश कमिटी सदस्य तारा लामगादे, जिल्ला सदस्य आनन्द श्रेष्ठ र धरान उपमहानगर कमिटी उपाध्यक्ष पद्मा सुव्वाको नाम सिफारीस गरीएको पार्टीले जनाएको छ ।

त्यसैगरी सुनसरी क्षेत्र नं. १ क को प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुुष्मा राई, तथा प्रदेश कमिटी सदस्य तारा लामगादेको नाम सिफारीस गरीएको धरान नगर सचिव खेम प्रसाद दाहालले जानकारी दिएकाछन् ।

त्यसैगरी क तर्फको समानुपातिकमा केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज सुष्मा राई, सुनसरी जिल्ला कमिटी उपसचिव सविता कोइराला, जिल्ला कमिटी सदस्य एकराज सुव्वा, धरान नगर उपसचिव स्वर्णिम फोम्बोको नाम सिफारीस गरीएको छ ।

त्यसैगरी प्रदेश ख तर्फ प्रत्यक्षमा जिल्ला कमिटी सदस्य तथा धरान उपमहानगर अध्यक्ष रेवतिरमण राई, वराहक्षेत्र नगर कमिटी अध्यक्ष चन्द्र थापा मगर सिफारीस भएकाछन् ।

यता समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य श्याम नारायण राजधामी, प्रदेश कमिटी सदस्य दुर्गादेवी बुढाथोकी, र धरान उपमहानगर सहसचिव अमृता रामदामको नाम सिफारीस गरीएको छ ।

प्रस्तावित नामहरुलाई क्षेत्रीय कमिटीबाट जिल्ला कमिटीमा सिफारीस गर्ने गरीने पार्टीले जनाएको छ ।

सुनसरी क्षेत्र नं १ मा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोक राईले आफ्नो उम्मेद्वारी घोषणा गरीसकेकाछन् । भोजपुरका राजेन्द्र राईको नाम क्षेत्र नं १ बाट सिफारीस हुनुलाई महत्वका साथ हेरीएको छ । केही दिन अघि मुख्यमन्त्री राई यस क्षेत्रबाट चुनाव लडने चर्चा चलेको थियो ।

 

 

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic