ज्ञान निकेतनकी सिकिमाको भविष्यमा स्टाप नर्स वन्ने लक्ष्य

  • भदौ १३, २०७९
  • ९,३७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ साउन ः हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात भन्ने नेपाली उखान जस्तै सिकिमा राईले विद्यालय प्रवेश गरेदेखि दोस्रो हुन जानेकी छैनन।

विद्यालयको समय वाहेक दैनिक ६ घण्टाको पढाई नै उनका लागि हरेक वर्ष कक्षामा प्रथम हुनको लागि पयाप्त समय वनेको छ ।

gyan  final

धरान–१० स्थित ज्ञान निकेतन इङलिस स्कुलमा कक्षा ५ मा अध्ययनरत सिकिमा कक्षामा सधै प्रथम हुनेकी गरेकीछिन् ।

विद्यालयबाट आउना साथ गृहकार्य गर्नको लागि वसिहाल्नु उनको दैनिकी नै हो । पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सहभागी हुनु सिकिमा सौख नै वनिसकेको छ । उनी सहभागी हुनु मात्र हैन प्रतियोगिताहरुमा विजेता नै हुने गरेकीछिन् ।

विद्यालयले आयोजना गरेको ग्रुप डान्स प्रतियोगितामा उनी सहितको टीम प्रथम नै बनेको थियो ।
यसका अतिरीक्त उनी ड्रोइङ गर्नमा समय खर्च गर्ने गरेकी छिन् । खेलकुदमा पनि उनका रुचि कम छैन ।
उनी स्पिकिङ,रेस, व्याडमिन्टन खेलमा पनि उत्तिकै रुचि राख्ने गरेकीछिन् ।

ड्रोइङ तर्फपनि उनको रुचि कम छैन उनी घर र सराउण्डीङ लगायतका विषयमा पनि ड्रोइङ गर्न मन पराउछिन् ।सिकिमा पढेर भविष्यमा स्टाप नर्स वन्ने लक्ष्य रहेको वताउछिन् ।

डाक्टर नै किन भन्ने प्रश्नमा उनी भन्छिन् – विरामीको सेवा गर्नुपर्छ भनेर डाक्टर वन्ने लक्ष्य लिएको उनको भनाई रहेको छ । मलाई पनि स्टाप नर्स वनेर विरामीको सेवा गर्ने इच्छा लागेको हो । पूर्वको पर्यटकीय क्षेत्रको रुपमा रहेको भेडेटार उनलाई मन पर्ने ठाँउ हो ।

सिकिमाका वुवा गजेन्द्र राई कारपेन्टरको काम गर्दै आउनु भएको छ भने आमा मन्जु राई धरान–१० मा  गृहीणिको रुपमा काम गर्नु हुन्छ ।

सिकिमाका विषयमा विद्यालयकि प्रिन्सिपल सन्ध्या सेन्चुरी भन्नुहुन्छ – उनी हाम्रो विद्यालयमा नर्सरीमा प्रवेश गरेदेखि नै प्रथम हुदै आएको अनुशासित र लगनशील मेहनति विद्यार्थी हुन ।

उहाका अनुसार उनीवाट भविष्यमा विद्यालयले ठूलो अपेक्षा गरेको छ । सिकिमाले विद्यालयको नाम उच्च वनाउने कुरामा विद्यालय सञ्चालकहरु विस्वस्त रहेको उहा वताउनु हुन्छ ।

आजका वाल वालिका भनेका भोलीका भविष्यका कर्णधार हुन । आफ्ना छोरा छोरीहरुका लागि हरेक अभिभावक पनि सचेत र संवेदनशील हुनपर्नेमा प्रिन्सिपल सेन्चुरीको भनाई रहेको छ ।

विद्यालयले पढाईका अतिरिक्त सरसफाई लगायत अन्य सामाजिक कार्यमा समेत सहभागी गराउने गरेको उहाले जानकारी दिनुभएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic