सुनसरी क्षेत्र नं. १ बाट अशोक राईको नाम सिफारीस

  • भदौ १६, २०७९
  • ४,५६८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भदौं ःजनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष अशोक राई सुनसरी क्षेन ं १ बाट प्रतिनिधि सभामा निर्वाचन लडने भएकाछन् ।

सुनसरी १ नम्बर निर्वाचन क्षेत्रीय समितिले प्रतिनिधि सभाको निर्वाचनका लागि राईको नाम सिफारीस गरेसँगै उनी निर्वाचन लडने भएका हुन् ।

जनता समाजवादी पार्टी क्षेत्रीय समितिको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि उम्मेदवारको नाम प्रस्ताव गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ अशोक राईको नाम पहिलो नम्वरमा प्रस्ताव गरिएको छ ।

त्यसैगरी विकल्पमा दीपक मेयाङ्बो र भीम राईको नाम पनि प्रत्यक्षमा सुनसरी १ बाट प्रस्ताव गरिएको धरान उपमहानगर समितिका अध्यक्ष ताजुव लिम्वुले जानकारी दिएकाछन् ।

लिम्वुका अनुसार सुनसरी जिल्ला १ नम्बर निर्वाचन क्षेत्र (क) बाट प्रदेश सदस्यका लागि प्रत्यक्षतर्फ नगेन्द्र लिम्बू, सुमित्रा राई र कृष्ण लिम्बूको नाम प्रस्ताव गरिएको छ ।

त्यसैगरी समानुपातिकतर्फ दुर्गामाया लिम्बू, दीपक मेन्याङ्बो, भीम राई, नरेश विक, बलबहादुर मगर (क्षितिज) को नाम प्रस्ताव गरिएको छ ।

त्यसैगरी प्रदेश ख तर्फ बाट प्रत्यक्ष उम्मेदवारमा सन्देश राई, लिला राई, मोहन राई, प्रदीप कार्की, हेमराज याक्खाको नाम प्रस्ताव गरिएको छ ।

यता समानुपातिकतर्फ बिना पुमा राई, एेसा सुनुवार, शशीकुमार विक, बिपिन इवारम, तेन्जिङ शेर्पा, गोविन्दप्रसाद राई, मणि राई, सीता राईको नाम प्रस्ताव गरिएको छ ।

अशोक राईले यस अघि धरानमा पत्रकार सम्मेलनको आयोजना गरी आफु यस क्षेत्रबाट निर्वाचन लडने संकेत गरेका थिए । देशभरमा पाँच दलीय गठबन्धन अगाडि बढिरहेको छ । सुनसरी क्षेत्र नं. १ बाट गठबन्धनका बाट उनलाई नै साझा उम्मेदवार बनाउने संभावना रहेको छ ।

धरानमा हेभिवेट उम्मेदवार उनी हुने भएकोले पनि धरानले यस पटक राज्यसत्तामा पहुच पु¥याउने नेतालाई निर्वाचित गराउने पार्टीको विश्वास रहेको छ ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic