क्रियटिभ स्कुल सर्कलको एक दिवसीय फुटवल सम्पन्न

  • भदौ १६, २०७९
  • २,७७८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भदौं ः क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानको आयोजनामा एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

photo 12345

धरान– १६ स्थित वुढासुव्वा फुटसलमा भएको खेलमा धरानका ७ वटा निजी विद्यलायहरु सहभागी रहेका थिए ।

प्रतियोगितामा अन्य स्कुलहरुलाई पछि पार्दै देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले प्रथम स्थान हात .पार्न सफल वनेको थियो । प्रतियोगितामा एक्वा सेकेण्डरी वोडिङ स्कुल धरान– १७ ले दोस्रो स्थान जित्न सफल वनेको थियो ।

प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कष्ट गोलकिपर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता एक्वा इङलिस वोडिङ स्कुल धरान– १७ का सशिम मगर घोषित भएका थिए ।

circle photo = 3

प्रतियोतिामा उत्कृष्ट खेलाडी देउराली चिल्ड्रेन एकेडेमी धरान– ५ का एशब वि.क. लाई घोषित गरीएको थियो ।

सो प्रतियोगितामा हिविसकस इङलिस वोडिङ स्कुल धरान– १५, देउराली पञ्चकन्या विलिवर्स वोडिङ स्कुल धरान–५, धरान इङलिस वोडिङ स्कुल धरान– ५, आवर होम वोडिङ स्कुल धरान–१९ र जोलसाया इङलिस वोडिङ स्कुल– ११ ले सहभागीता जनाएका थिए ।

विजेता तथा सहभागी विद्यालयका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगाराम राईले ट्रफि, मेडल तथा प्रमाण– पत्र प्रदान गर्नुभएको थियो ।

२०७६ सालमा स्थापना गरीएको सो समितिले यस अघि विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ । यस पटक भने फुटवलको आयोजना गरेको हो ।

 

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic