क्रियटिभ स्कुल सर्कलको एक दिवसीय फुटवल सम्पन्न

  • भदौ १६, २०७९
  • २,७३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ भदौं ः क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानको आयोजनामा एक दिवसीय विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

photo 12345

धरान– १६ स्थित वुढासुव्वा फुटसलमा भएको खेलमा धरानका ७ वटा निजी विद्यलायहरु सहभागी रहेका थिए ।

प्रतियोगितामा अन्य स्कुलहरुलाई पछि पार्दै देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले प्रथम स्थान हात .पार्न सफल वनेको थियो । प्रतियोगितामा एक्वा सेकेण्डरी वोडिङ स्कुल धरान– १७ ले दोस्रो स्थान जित्न सफल वनेको थियो ।

प्रतियोगितामा देउराली पञ्चकन्या विलिवर्सका रियो राई उत्कष्ट गोलकिपर घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता एक्वा इङलिस वोडिङ स्कुल धरान– १७ का सशिम मगर घोषित भएका थिए ।

circle photo = 3

प्रतियोतिामा उत्कृष्ट खेलाडी देउराली चिल्ड्रेन एकेडेमी धरान– ५ का एशब वि.क. लाई घोषित गरीएको थियो ।

सो प्रतियोगितामा हिविसकस इङलिस वोडिङ स्कुल धरान– १५, देउराली पञ्चकन्या विलिवर्स वोडिङ स्कुल धरान–५, धरान इङलिस वोडिङ स्कुल धरान– ५, आवर होम वोडिङ स्कुल धरान–१९ र जोलसाया इङलिस वोडिङ स्कुल– ११ ले सहभागीता जनाएका थिए ।

विजेता तथा सहभागी विद्यालयका खेलाडीहरुलाई क्रियटिभ स्कुल सर्कल –(सिएससि) धरानका अध्यक्ष गंगाराम राईले ट्रफि, मेडल तथा प्रमाण– पत्र प्रदान गर्नुभएको थियो ।

२०७६ सालमा स्थापना गरीएको सो समितिले यस अघि विभिन्न कार्यक्रमहरु गर्दैै आएको छ । यस पटक भने फुटवलको आयोजना गरेको हो ।

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic