प्रेस सेन्टर धरानद्वारा भाषणकला र नेतृत्व बिकास तालिम

  • भदौ २३, २०७९
  • १,८०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौं ः प्रेस सेन्टर नेपाल धरान उप–महानगर समितिीले धरानमा २ दिवसिय भाषणकला तथा नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ ।

धरान–१९ स्थित किरातेश्वर मा.बि.को सभा हलमा भएको तालिममा कृति टेलिभिजनका कार्यक्रम निर्देसक मोहन श्रेष्ठ र सेन्टरका जिल्ला अध्यक्ष तिर्थ कार्कीले प्रशिक्षण दिएका थिए ।

in p[hoto 33

सहभागिहरुलाई पहिलो दिन प्रस्तुतिकरण कसरी गर्ने, दर्सक वा मासको ध्यानाकर्षण गराएर कसरी बोल्ने, जीवनमा कसरी सफल हुने, आफ्नो क्षमताको बिकास कसरी गर्ने आदिबारे प्रशिक्षण दिइएको प्रशिक्षक श्रेष्ठले जानकारी दिए।

त्यस्तै दोश्रो दिन सार्बजनिक भाषणकला के हो, भाषण कति प्रकारका हुन्छन, नेतृत्व के हो, नेतृत्व बिकास कसरी गर्ने , नेतृत्वमा हुनुपर्मे गुणहरु के के हुन आदि बारेमा सहभागिहरुलाई अभुमुखिकरण गराइएको प्रशिक्षक कार्कीले बताए।

तालिममा महेन्द्र बहुमुखी क्याम्पस, धरान सिटि कलेज, धरान मोडल कलेज, केन्द्रीय प्रबिधी क्याम्पस हात्तिसार लगायतका गरि ५० जना सहभागी भएको स्रेन्टरका नगर अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिएकाछन् ।

युवा बिद्यार्थीहरुको वाककला र नेतृत्व बिकास गर्ने उद्येस्यले तालिमको आयोजना गरिएको नगर सचिव सर्ण साम्बाहाम्फेले बताए।

सहभागिका तर्फबाट स्नेहा खरेल, समीक्षा थापा, सारिका झा लगायतले तालिमको अनुभव सुनाए।सेन्टरका धरान उप–महानगर अध्यक्ष बिनोद बिश्वकर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई प्रमुख अतिथी थिए।

कार्यक्रममा नेपाल फोटो पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष बिकास चाम्लिङ, सेन्टरका जिल्ला सह(सचिव दिल बहादुर राई, जिल्ला सदस्य भवानी चुडाल, यु।एन नबोदय कलेजका अध्यापक नाम्लिङ हाङ चेम्जोङ लगायतको उपस्थिती रहेको थियो।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic