उदयपुर १ बाट अशोक राई र गणेश राईको नाम सिफारीस

  • भदौ २३, २०७९
  • ३,१३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौं ः उदयपुर १ (क) बाट जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ ।

बुधबार जिल्ला अध्यक्ष केशव मगरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम सिफारीस गरेको हो ।

पार्टीले दिएको जानकारी अनुसार उदयपुर जिल्ला क्षेत्र नंं १ (कं) मा नेता गणेश पुमा राईको एकल नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता अशोक राईको नाम सिफारिस भएको छ भने गोपाल राई र कौशिला राईको नाम पनि सिफारिस भएको नेता गोपाल राईले बताए ।

समानुपातिकतर्पm उर्मिला राई, बाबुराम राई, सुरेन्द्र राई, मणिकुमार राई, भुपेन्द्र राई, विश्व राई, अञ्जना राई र दुर्गा राईको नाम सिफारिस भएको छ ।

प्रदेशसभाकै (ख) का लागि प्रदिप चौधरी र नवराज राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्पm खेमनारायण यादव, ओसन घिमिरे, भिम विक, महम्मत इस्लाम र विनोद चौधरीको नाम पठाइएको पार्टीले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रत्यक्षतर्पm सिद्धान्त राई र पदम लामाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्पm दिपक माझि, फुलसरी राई, गौरीशंकर उदास र अगमशेर राई रहेका छन् । प्रदेशसभा २ (क) प्रत्येक्षतर्पm विश्वराज राईको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्पm बसन्तकुमार राई, घनश्याम कटवाल, हस्तशोभा राई, प्रतिनिधिसभा २ (ख) मा केशव आलेको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्पm बुद्धिमान तामाङ र शुसिलाकुमारी मगरको नाम सिफारिस भएको नेता राईले बताए ।

प्रतिनिधि सभामा २ निर्वाचित संख्या र प्रदेश सभामा ४ निर्वाचित संख्या रहेको उदयपुरमा गठवन्धन भएको अवस्थामा क्षेत्र वाडफाड हुने निश्चित छ । जसपाले प्रदेश सभा १ (क) दावी गर्ने वुझिएको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic