उदयपुर १ बाट अशोक राई र गणेश राईको नाम सिफारीस

  • भदौ २३, २०७९
  • ३,०९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ भदौं ः उदयपुर १ (क) बाट जनता समाजवादी पार्टी (जसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारीस गरेको छ ।

बुधबार जिल्ला अध्यक्ष केशव मगरको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम सिफारीस गरेको हो ।

पार्टीले दिएको जानकारी अनुसार उदयपुर जिल्ला क्षेत्र नंं १ (कं) मा नेता गणेश पुमा राईको एकल नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता अशोक राईको नाम सिफारिस भएको छ भने गोपाल राई र कौशिला राईको नाम पनि सिफारिस भएको नेता गोपाल राईले बताए ।

समानुपातिकतर्पm उर्मिला राई, बाबुराम राई, सुरेन्द्र राई, मणिकुमार राई, भुपेन्द्र राई, विश्व राई, अञ्जना राई र दुर्गा राईको नाम सिफारिस भएको छ ।

प्रदेशसभाकै (ख) का लागि प्रदिप चौधरी र नवराज राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्पm खेमनारायण यादव, ओसन घिमिरे, भिम विक, महम्मत इस्लाम र विनोद चौधरीको नाम पठाइएको पार्टीले जनाएको छ ।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रत्यक्षतर्पm सिद्धान्त राई र पदम लामाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्पm दिपक माझि, फुलसरी राई, गौरीशंकर उदास र अगमशेर राई रहेका छन् । प्रदेशसभा २ (क) प्रत्येक्षतर्पm विश्वराज राईको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्पm बसन्तकुमार राई, घनश्याम कटवाल, हस्तशोभा राई, प्रतिनिधिसभा २ (ख) मा केशव आलेको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्पm बुद्धिमान तामाङ र शुसिलाकुमारी मगरको नाम सिफारिस भएको नेता राईले बताए ।

प्रतिनिधि सभामा २ निर्वाचित संख्या र प्रदेश सभामा ४ निर्वाचित संख्या रहेको उदयपुरमा गठवन्धन भएको अवस्थामा क्षेत्र वाडफाड हुने निश्चित छ । जसपाले प्रदेश सभा १ (क) दावी गर्ने वुझिएको छ ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic