माउण्ट हर्मनद्वारा पत्रकार महासघ सुनसरीलाई सहयोग

  • भदौ २९, २०७९
  • १७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौं ःमाउण्ट हर्मन एकेडेमि धरान–१८ स्थितले नेपाल पत्रकार महासंघ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

एकेडेमीले ५८ औ बाल दिवस तथा किड्स टाईम्स त्रैमासिक बुलेटिनको १३ औ बार्षिकोत्सबको अवसरमा महासङ्घ सुनसरीलाई भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो।

एकेडेमिका निर्देशक अनुप योन्जनले बिद्यालयमा आयोजित बाल दिवस कार्यक्रममा महासङ्घका सह–सचिव तिर्थ कार्कीलाई नगद १० हजार रुपैया हस्तान्तरण गरेका थिए ।

पत्रकार महासङ्घको भवन निर्माणका लागि थोरै भए पनि टेवा पुगोस भनेर आर्थिक सहयोग गरेको एकेडेमिका निर्देसक अनुप योन्जनले बताए।

बिद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी बिद्यार्थीको क्षमता अनुसार अन्य अतिरिक्त क्रीयाकलापमा बिद्यालयले जोड दिदै आएको एकेडेमिका प्रशाशक नवीन राईले बताए।

सरकारले २०७९ सालको बाल दिवसको नारा बालमैत्री समाजको आधार, जिम्मेवारी परिवार, उत्तरदायी सरकार तय गरेको छ।

नेपालले सन १९९० को सेप्टेम्बर १४ का दिन बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको दिनलाई नै बाल दिवसको रुपमा मनाउदै आएको छ।बाल दिवसको अवसरमा माउण्ट हर्मन एकेडेमिका बिद्यार्थीहरुले आकर्षक गीत, नृत्यका साथै नाटक प्रस्तुत गरे।

किड्स टाईम्स त्रैमासिक बुलेटिनको १३औ बार्षिकोत्सब

यसैबिच माउण्ट हर्मन एकेडेमिमा रहेको हर्मनिज किड्स क्लबद्वारा प्रकाशीत हुँदै आएको ूकिडस टाइम्स त्रैमासिक बुलेटिनको १३ औ बार्षिकोत्सब सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरीका सह(सचिब तिर्थ कार्की, एकेडेमिका निर्देसक अनुप योन्जन र प्रशाशक नवीन राईले सम्युक्त रुपमा पत्रीकाको नया अन्क ूबर्ष ११ अन्क ३१ू को बिमोचन गरेर बार्षिकोत्सबको उद्घाटन गरे।

कार्यक्रमका प्रमुख अतिथी कार्कीले बिद्यालय तहदेखी नै बिद्यार्थीलाई प्रयोगात्मक रुपमा पत्रकारीताको अभ्यास गराउन किड्स टाइम्स अत्यन्तै उपयोगी भएको बताए।बिद्यार्थीहरुले लेखेका समाचार, लेख, रचनाको लागि किड्स टाइम्स उचित मन्च भएको समेत कार्कीले बताए।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic