सुकुम्बासी नेता कार्कीको उम्मेद्वारी घोषणा समर्थकहरुको उपस्थितिले दलहरुको उडायो सातो

  • भदौ ३१, २०७९
  • ५,५१६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ भदौं ः आफ्नो क्षेत्रको समस्याका विषयमा नीति निर्माणमा दलहरुले चासो नदिएको भन्दै सुकुम्वासी संगठनले नीति निर्माणमा तहमा आफ्नो प्रतिनिधि आफै चयन गर्ने भएकाछन् ।

विगतका निर्वाचित भएका जनप्रतिनिधिहरुले सुकुम्वासीको कुरा नीतिगत रुपमा समावेश नगरेको भन्दै आफ्नै प्रतिनिधि चयन गर्ने भएका हुन् ।

मंसिर ४ गते हुने संघीय निर्वाचनमा सुकुम्वासीहरुको छाता संगठन नेपाल वसोवास वस्ति संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले प्रतिनिधि सभाको लागि स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी घोषणा गरेकाछन् ।

जनतामा दलहरु प्रति अविश्वास वढदै गएको कारण गत स्थानीय तह निर्वाचनमा धरानमा स्वतन्त्रले मेयर जितेको छ । पछिल्लो समय सुनसरी निर्वाचन क्षेत्र नं १ मा स्वतन्त्रको पक्षमा राम्रो मार्हौल वन्दै गएको छ ।

कार्कीले विहिवार धरानको भानुचोकमा करिव १ हजारको जनमासमा आफ्नो पाच वुदे घोषणा पत्र सहित उनले आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए ।

सुनसरी क्षेत्र नं १ मा धरानको २० वटा वडा, बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा र रामधुनी नगरपालिकाको २ वटा वडा समेटिएको छ । सुनसरी क्षेत्र नं १ मा १ लाख ३४ हजार ९ सय ६३ मतदाता रहेकाछन् ।

सुनसरी क्षेत्र नं १ अन्तर्गत दुइवटा प्रदेश सभा रहेकाछन् जसमा क तर्फ ६३ हजार ७ ४९ मतदाता रहेकाछन् भने ख तर्फ ७१ हजार २ सय १४ मतदाता रहेकाछन् । धरान क्षेत्रमा मात्रै १३ हजार ६सय ७० भन्दा बढी घरधुरी सुकुम्बासीको लगत संकलन भएको छ । सुनसरी क्षेत्र नं १ मा सुकुम्वासीको भोट निर्णायक मानिएकोछ ।

घोषणा सभामा वोल्दै कार्कीले दलहरुले सुकुम्बासीहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेको आरोप लगाउदै सुकुम्बासी नै संसद भवनमा अधिकारको आवाज उठाउनका लागि आफ्नो उम्दे्वारी रहेको दावी गरेका थिए ।

के के छन् उनका ५ बुँदे प्रतिवद्धता

फास्ट ट्रयाकमा निःशर्त स्थानीय लालपुर्जासहित सुकुम्बासीमुक्त राष्ट्र घोषणा र समुदायमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, निरव्याजी आवासऋण सहायता प्रदान गरि हरेक झुप्रा घर रंगित बनाउने र खानेपानीको दीर्घकालिन स्रोत खोजेर निःशुल्क खानेपानी र विद्युतको नीति अघि सार्ने, भिभिआइपी र भिआइपीको सेवा सुविधा खारेज गरेर सरकारी स्रोतसाधनको दुरुपयोग हुन नदिई एक सहर एक ठुलो उद्योगको स्थापना, एक घर एक रोजगारको प्रबन्ध गर्दै हरेक ६० बर्ष पुगेका असहाय र फरक क्षमता भएका नागरिकको निःशुल्क स्वास्थ्य उपचार र आजिवन पालनपोषण गर्ने नीति ल्याउने घोषणा गरेका थिए ।

उनले बजारबाट जाने भनेको ६ लेनको बाटो ओभर फ्लाई वा अण्डरग्राउण्डबाट बजारको क्षति नहुने गरी निर्माण गर्ने, सर्दु सेउती लगायत खोलामा वस्तीको क्षति नहुने गरि दीर्घकालिन तटबन्धनसहित रिंग रोडको कार्यक्रम ल्याएर पर्मको नीतिबाट भौतिक पुर्वाधारको विकास गर्ने कार्कीले घोषणा गरेका छन् ।

कार्की सुकुम्वासीको पक्षमा आन्दोलनरत रहेकाछन् । उनले सुकुम्वासीको पक्षमा केही सफलता भने हासिल गरेका छन् ।

कार्कीको उम्मेद्वारीले दलहरुमा सन्नाटा छाएको छ । सुकुम्वासीमा राम्रो प्रभाव जमाएका कार्कीको उम्मेद्वारीले निर्वाचनमा दलहरुलाई परिणाम निकाल्न दलहरुलाई फलामको चिउरा चपाउनु सरह हुने केही विश्लेषकहरुको भनाई रहेको छ ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic