नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलियत सम्झौता

  • चैत २६, २०८२
  • २,६१३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस्पिटल प्रा.लि.धरान–१० बीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सहकार्यको सम्झौता भएको छ ।

सम्झौताले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने स्कुलको अपेक्षा रहेको एकेडेमीका प्रिन्सिपल रविन न्यौपानेल वताउकाछन् ।

सम्झौतामा अस्पतालका प्रमुख प्रशासक इन्दु नेपाल योन्जन, हाडजोर्नी विभाग प्रमुख जनक दास तथा र एकेडेमीका प्रतिनिधि प्रिन्सिपल रविन न्यौपाने, एकेडेमीकी सञ्चालक समिति अध्यक्ष दिपा लिम्वू फागोको उपस्थिति रहेको थियो।

सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्।

जसअन्तर्गत औषधि सेवामा १० प्रतिशत, स्वास्थ्य परीक्षणमा १५ प्रतिशत तथा अस्पताल भर्ना सेवामा २० प्रतिशतसम्म सहुलियत उपलब्ध गराइने सहमति भएको प्रमुख प्रशासक योञ्जनले जानकारी दिएकाछन् ।

सहुलियत सेवा लिनका लागि सेवाग्राहीले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा अस्पतालमा पेश गर्नुपर्नेछ। अन्यथा सहुलियत सुविधा उपलब्ध नहुने अस्पतालले जनाएको छ।
यस सहकार्यअन्तर्गत विद्यालयको आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्।

यस्ता कार्यक्रम सञ्चालनका लागि विजयपुर हस्पिटल तथा विजयपुर टेक्निकल इन्स्टिच्युटलाई विद्यालयले आवश्यक अनुमति दिने सहमति भएको छ।

अस्पताल प्रशासनले यस सहकार्यबाट विद्यालय समुदायलाई गुणस्तरीय, सहज र किफायती स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

विजयपुर धरानको एकमात्र नीजि क्षेत्रको ठूलो हस्पिटलको रुपमा रहेको छ ।

क्यानाडामा साकेला सिली

छाल खवर धरान,१ जेठः आफ्नो संस्कार संस्कृती सवैलाई प्यारो हुन्छ भन्ने उदाह ...

धरान लिगामेन्ट स्कूलमा प्रजातन्त्रको अभ्यास सहित न

छाल खवर धरान,११ जेष्ठः धरान लिगामेन्ट रेसिडेन्सियल स्कुल धरान–१६ मा ...

दोस्रो दिनको खेलमा विराट भेट्रान बिजयी

छाल खवर धरान,१० जेष्ठ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगित ...

उद्घाटन खेलमा धरान भेट्रान विजयी

छाल खवर धरान,९ जेष्ठः चौथो संस्करणको “हाम्रो धरान भेट्रान फुटबल प्रति ...

अन्तर स्कुल बास्केटबलको उपाधी सुनाखरीलाई

छाल खवर धरान,९ वैशाखः अन्तर विद्यालय एस.ई.ई. बास्केटबल टुर्नामेन्ट–२० ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीवीच चुनावी प्रतिष

छाल खवर धरान,९ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic