मुख्यमन्त्रीद्धारा जितिया पर्वको शुभकामना व्यक्त

  • असोज २, २०७९
  • ३,४५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२ असोज ः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले थारु समुदाय र मैथिली समुदायका महिलाहरूले मनाउने महान चाड जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आइतवार शुभकामना वक्तव्य जारी गर्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईले प्रदेश नं. १ सहित देश, विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको शुभकामना व्यक्त गर्दछु शुभकामना पत्रमा उल्लेख गर्नुभएको छ ।

प्रदेश नं. १ सहित तराई–मधेसका जिल्लामा जितिया पर्व धुमधामका साथ मनाइन्छ । सन्तानको दीर्घायुका लागि बस्ने गरीएको यो व्रत आश्विन कृष्णपक्षकोे अष्टमी तिथिका दिन मुख्यगरी मनाइन्छ ।

आश्विन कृष्ण सप्तमी तिथिका दिन बर्तालुहरू स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु गरी नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ ।

यस व्रतका क्रममा राती जितवाहन भगवानको कथा र महिमा सुन्ने प्रचलन छ । खासगरी थारु र मैथिली समुदायको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख, शान्ति र चिरायुका लागि प्रसिद्ध छ ।

सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरुष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने मान्यताबमोजिम जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी भएको भन्ने भनाइ छ । जितिया पर्व जिमूतवाहन र जिवित्पुत्रका नामले पनि चिनिन्छ । यो तराई–मधेसको महत्वपूर्ण लोक पर्व हो ।

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ ।

त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।

जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित गर्दै संसारभरि फैलिएर रहेका नेपाली दिदीबहिनी, दाजुभाइहरूमा जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

जसपा नेपालको अधिवेशन भदौ अन्तिम साता

छाल खवर धरान,२१ साउनः जनता समाजवादी पार्टीको प्रदेश १ अधिवेशन भदौ अन्तिम सा ...

चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटवलको उप

छाल खवर धरान,१९ साउनः धरानमा जारी बिधालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरि ...

कुलुङ जातिको दस्तावेज ‘कुलु रिदुम्’ धरानमा

छाल खवरधरान,१८ साउनः जनजातिमा समावेश हुनका लागि संघर्ष गरीरहेको समुदाय कुलु ...

धरान स्र्पोस अवार्ड वितरण

छाल खवर धरान,१८ साउनः धरान खेलकुद मञ्चले धरान अवार्ड २०८२ बाट यस बर्ष कराते ...

सुनाखरी,कार्मेल स्कुल, आइडल र प्याराडाइज सेमिफाइन

छाल खवर धरान,१७ साउनः विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास ...

हिविस्कस निट एण्ड क्लिन उपाधि कक्षा ६ लाई

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले संचालन गर ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic