हर्क साम्पाङ समूहको स्वतन्त्र उम्मेद्वारी घोषणा

  • असोज ३, २०७९
  • ४,८५० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोज ः स्वतन्त्रबाट धरानको नगर प्रमुख निर्वाचित वनेका हर्क साम्पाङ समूहले मंसिर ४ को निर्वाचनमा आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको छ ।

सो समूहले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेन नं १ बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेको हो ।

धरान १६ स्थित गणेशमान चोकमा आयोजित घोषणा सभाबाट प्रतिनिधिसभा र प्रदेशसभा (क), (ख) मा स्वतन्त्र उम्मेद्वार घोषणा गरिएको थियो ।

घोषित कार्यक्रम अनुसार प्रतिनिधिसभामा तर्क बहादुर मगर रहेकाछन् भने (क) बाट समिर तामाङ र (ख)बाट हेमचन्द्र राईले उम्मेद्वारी घोषणा गरेका थिए ।

उम्मेद्वार घोषण सभामा उनीहरुले सामुहिक रुपमा भ्रष्टचार नगर्ने प्रतिवद्धता जनाएका थिए ।उनीहरुले कार्यक्रम मार्फत ११ बुँदे संयुक्त घोषणा पत्र समेत सार्वजनिक गरेका थिए ।

घोषणा पत्रमा सुनसरी क्षेत्र नं १ मा खानेपानी तथा सिचाईको दीर्घकालिन समाधानका पहिलो प्राथमिकतामा .राखेकाछन् ।

त्यसैगरी गरिब तथा भुमिहिन सुकुम्बासीहरुको रोजगार तथा सामाजिक सुरक्षा, भुमी व्यवस्थापन गरी जीवनस्तर उकास्ने, पुर्वाधार विकासको निर्माण कार्यमा जनश्रमदान र जनतालाई विकाससँग जोड्ने अवधारणालाई लागु गर्न शैक्षिक पाठ्यक्रममा समावेशको लागि आवश्यक नीति नियम बनाउने घोषणा पत्रमा उल्लेख गरीएको छ ।

स्थानीयस्तरमा उत्पादित कृषि उपजको आधुनिकीकरण गर्दै आयात प्रतिस्थापन तथा आत्मनिर्भरता, कृषिको लागी नीति निमाृण गरी कार्यान्वयन गर्ने पनि उनीहरुको प्रतिवद्धता रहेको छ ।

त्यस्तै, सुनसरी जिल्लाका सबै स्थानीय निकायहरु जोड्ने रिङरोडहरु मध्ये क्षेत्र नं १ धरान, बराहक्षेत्र र रामधुनी क्षेत्रका बाटोको स्तरउन्नती गर्ने, विष्णुपादुका बराहक्षेत्र धार्मिक पर्यटकीय क्षेत्र प्रर्वद्धन गर्न आवश्यक पदमार्ग र सडकहरुको स्तर उन्नती र निर्माण गर्ने, प्रत्यक्ष निवार्चित कार्यकारी प्रमुखको व्यवस्था गर्ने तथा सांसदहरु मन्त्री हुन नपाउने व्यवस्था गर्ने गर्ने घोषणा पत्रमा उल्लेख गरेकाछन् ।

कार्यक्रममा स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्त लिम्बु ,उपाध्यक्ष दिनेश राई,सचेत धराने समूहका प्रवक्ता राम लिम्बूले उम्मेदवारहरुलाई विजयको शुभकामना दिएका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic