अध्यक्ष नेपालद्धारा संविधान दिवसमा शुभकामना व्यक्त

  • असोज ३, २०७९
  • ४,९२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोज ः नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक शुभकामना वक्तव्य जारी गर्दै नेपाली जनतालाई शुभकामना दिनुभएको हो ।

लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाउँदै छौं उहाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पुर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गर्नुभएको छ ।

उहाँले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको उल्लेख गर्नुभएको छ ।

संविधान जारीपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेका छौं विज्ञप्तिमा भनिाएको छ ।

दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतीका विरूद्ध अघिल्लो बर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ भन्ने समावेश गर्नुभएको छ ।

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ ।

गत वैशाखमा स्थानीय निर्वाचन सफलतापुर्वक सम्पन्न भएको छ र निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेका छन् ।

पूर्ण विश्वास, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा सहयोग, सद्‍भाव र सुझबुझपूर्ण निर्णय हुनेछ भन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

एसई.ई. स्पिकर–२०८१ को उपाधि झापाका आबिष्कार राउतल

धरानर ¥याडिकल लाईट नेपाल प्रा.लि.धरानद्वारा आयोजित कोशी प्रदेशस्तरीय एस ...

हिविस्कस वोडिङ स्कुलमा सरसफाई अवार्ड

छाल खवरधरान,२४असार ः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ ले व्यवहारीक ...

विजयपुर हस्पिटलमा ७१ बर्षीया बृद्धाको कृतिम घुँड

छाल खवर धरान,१०जेठः धरानको नीजि क्षेत्रको एकमात्र अस्पताल विजयपुर हस्पिटलमा ...

सहिद स्मृति मा.वि.का विद्यार्थीहरुद्धारा उद्यमशील

छाल खवर धरान,९ जेठः सहिद स्मृति माध्यमिक विद्यालय, धरान–८ को आयोजनामा ...

एस.ई.ई. स्पिकर पब्लिक चोइस अवार्ड प्रतियोगिता सम्प

छाल खवरधरान, ६ असार – विद्यार्थीहरूलाई सिर्जनशील, अभिव्यक्तिमूलक र व् ...

भारत सरकारद्वारा ३३ जिल्लामा ४० वटा एम्बुलेन्स हस

छाल खवर धरान,१ असार ः भारत सरकारले नेपालका ३३ जिल्लामा ४० वटा एम्वुलेन्स उप ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic