प्राइम भिजनका दुइ विद्यार्थीालाई स्टुडेण्ट एम्बेसेडर अवार्ड

  • असोज ६, २०७९
  • २०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ असोज ःप्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजका २ विद्यार्थीले ‘स्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्राप्त गर्न सफल भएकाछन् ।

प्राइम भिजनमा अध्ययनरत विद्यार्थी पेमदिकी तामाङ र सन्देश पाल्पाली ुस्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्राप्त गर्न सफल वनेका हुन् ।

विद्यार्थीको व्यक्तित्व, व्यवहार, शैक्षिक क्रियाकलाप, बौद्धिक क्षमता, भाषाशैली र विद्यालयको उपस्थितिका आधारमा उनीहरुलाई सम्मानित गरिएको हो ।

प्राइम भिजन कलेज अन्तर्राष्ट्रिय ख्याती प्राप्त एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्टको अध्यापन गराइरहेको धरानको एकमात्र स्मार्ट कलेज हो ।

विद्यार्थीले ुएलसीसीआई ग्लोबल क्वालिफिकेसन’ र ुएसक्यूए’ द्वारा प्रदान गरिने एसक्यूए एम्बेसेडर सर्टिफिकेट सहित नगद पुरस्कार, गिफ्ट भौचर, एलसीसीआई जीक्यू र एसक्यूए एम्बेसेडर लेभल पिन प्राप्त गरेका छन् ।

विद्यार्थीको क्षमता परीक्षणका आधारमा अवार्ड प्रदान गरिएको हो । सर्टिफाइइड सफ्ट स्किल ट्रेनर सुजिता बानिया, मेरिट होटल काठमाडौंका क्लस्टर डिरेक्टर रुपेश श्रेष्ठ र ब्रिटिश गोर्खा काउन्सिल नेपालका एच.आर. हेड. शिशिरकुमार पाण्डे निर्णायक रहेका थिए ।

प्राइम भिजनका पेमदिकी र सन्देशसँगै ईईकम बिर्तामोडकी रिया योङहाङ, केआईएचएम ललितपुरकी दिप्ती राई र आरआईसीएचएम चितवनका सन्जय परियारलाई समेत स्टुडेन्ट एम्बेसेडर अवार्ड’ प्रदान गरिएको थियो ।

हरेक वर्ष एलसीसीआई र एसक्यूए मातहतमा रहेका नेपालभरिका कलेजका विद्यार्थीहरु मध्ये उत्कृष्ट पाँच जनालाई स्टुडेन्ट एम्बेसेडर अवार्ड प्रदान गरिंदै आएको प्राइम भिजनका सिईओ अविशेक श्रेष्ठले जानकारी दिए ।

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic