पानबारी खानेपानीमा स्वतन्त्रको दललाई झड्का दलहका साझा उम्मेद्वार एक वाहेक सवै पराजित

  • असोज १५, २०७९
  • ४,४३२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था धरान–६ को निर्वाचनमा दललाई चुनौति दिदै स्वतन्त्र उम्मेद्वारहरु विजयी वनेकाछन् ।

स्वतन्त्रका उम्मेद्वारहरुले ४ दलीय गठबन्धनका साझा उम्मेद्वारहरुलाई पराजित गरेका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेतृत्वको गठबन्धन पराजित भएको हो ।
गठवन्धनको समूहबाट कोषाध्यक्ष बाहेक अन्य सवै पदमा परिणाम निकाल्न सकेन ।

स्वतन्त्र उम्मेदवार समीर खनालले दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार विश्वराज कार्कीलाई पराजित गरेका थिए ।

त्यसैगरी उपाध्यक्ष,सचिव, सहसचिव पदमा स्तवन्त्रबाट क्रमस शुक्रराज राई,पदम बहादुर पौडेल, कृष्ण बहादुर विष्ट विजयी भए भने कोषाध्यक्षमा दलीय गठवन्धनबाट काँग्रेसको तर्फबाट उम्मेद्वार वनेकी झुमा राई निर्वाचित भइन् ।

सदस्यहरूमा स्वतन्त्र समूहकै सुमन खनाल, प्रकाश तामाङ,निता विश्वकर्मा र रती तामाङ, विजयी भएका हुन् ।

सो वडामा स्थानीय निर्वाचनमा पनि भूपेन्द्र भट्टराई स्वतन्त्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनकै समर्थनमा सो निर्वाचनमा स्वतन्त्र समूह निर्वाचन लडेको थियो ।

चुनावी गठबन्धनमा एमालेले अध्यक्ष, माओवादीले उपाध्यक्ष र सचिव र काँग्रेसले कोषाध्यक्षमा भागबण्डा मिलाइएको थियो । सो खानेपानी संस्थाबाट २४ सय घरधुरी लाभान्वित भएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।

पछिल्लो समय धरानमा स्वतन्त्रको माहौला तयार हुदै गएको छ । यस्ता आयोजनाहरुमा पनि दल विरुद्ध स्वतन्त्रले बाजी मार्नुले पनि स्वतन्त्रको पक्षमा मंसिर ४को निर्वााचनको माहौल निर्माण हुने संकेत गरेको केहीको भनाई रहेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic