पानबारी खानेपानीमा स्वतन्त्रको दललाई झड्का दलहका साझा उम्मेद्वार एक वाहेक सवै पराजित

  • असोज १५, २०७९
  • ४,४७६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ असोज ः पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था धरान–६ को निर्वाचनमा दललाई चुनौति दिदै स्वतन्त्र उम्मेद्वारहरु विजयी वनेकाछन् ।

स्वतन्त्रका उम्मेद्वारहरुले ४ दलीय गठबन्धनका साझा उम्मेद्वारहरुलाई पराजित गरेका हुन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेतृत्वको गठबन्धन पराजित भएको हो ।
गठवन्धनको समूहबाट कोषाध्यक्ष बाहेक अन्य सवै पदमा परिणाम निकाल्न सकेन ।

स्वतन्त्र उम्मेदवार समीर खनालले दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार विश्वराज कार्कीलाई पराजित गरेका थिए ।

त्यसैगरी उपाध्यक्ष,सचिव, सहसचिव पदमा स्तवन्त्रबाट क्रमस शुक्रराज राई,पदम बहादुर पौडेल, कृष्ण बहादुर विष्ट विजयी भए भने कोषाध्यक्षमा दलीय गठवन्धनबाट काँग्रेसको तर्फबाट उम्मेद्वार वनेकी झुमा राई निर्वाचित भइन् ।

सदस्यहरूमा स्वतन्त्र समूहकै सुमन खनाल, प्रकाश तामाङ,निता विश्वकर्मा र रती तामाङ, विजयी भएका हुन् ।

सो वडामा स्थानीय निर्वाचनमा पनि भूपेन्द्र भट्टराई स्वतन्त्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनकै समर्थनमा सो निर्वाचनमा स्वतन्त्र समूह निर्वाचन लडेको थियो ।

चुनावी गठबन्धनमा एमालेले अध्यक्ष, माओवादीले उपाध्यक्ष र सचिव र काँग्रेसले कोषाध्यक्षमा भागबण्डा मिलाइएको थियो । सो खानेपानी संस्थाबाट २४ सय घरधुरी लाभान्वित भएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।

पछिल्लो समय धरानमा स्वतन्त्रको माहौला तयार हुदै गएको छ । यस्ता आयोजनाहरुमा पनि दल विरुद्ध स्वतन्त्रले बाजी मार्नुले पनि स्वतन्त्रको पक्षमा मंसिर ४को निर्वााचनको माहौल निर्माण हुने संकेत गरेको केहीको भनाई रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic