गाँउ गाँउ मनोजको चुनावी रौनक

  • कार्तिक ४, २०७९
  • ५,८५० पटक पढिएको
  • छाल खबर
alt

 

छाल खवर
धरान,४ असोज ः स्वतन्त्र उम्मेद्वारी दिएका धरान पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्वो यतिवेला गाउ गाउमा चुनावी अभियानमा सकृय रहेकाछन् ।

कुनै समय धरानको विकासको मोडालिटी निर्माण गरेका र आजको धरानको निर्माता समेत रहेका मेन्याङ्वो यतिवेला स्वतन्त्र रुपमा उम्मेदवारी दिएर  खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा सकृय भएका हुन्

manoj dai = 5

उनले सुनसरी क्षेत्र न १ अन्र्गत रहेका वराहक्षेत्र क्षेत्र ३ र ४, ५ नं. वडामा भेटघाट गरेका थिए । आफू घरदैलो र भेटघाटबाट थप उत्साहित वनेको वताएकाछन् । उनले वराहक्षेत्रको नडाहा, तिनकुने कालान्जर, लगायतका क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका थिए ।

घरदैलोमा सहभागी स्थानीय पहलमान वस्नेतले यस क्षेत्रका जनता विकास वुझेका योग्य,दक्ष र अनुभवी उम्मेद्वारको पक्षमा रहेको वताए । उनले दलका नाममा उठाइएका जो सुकै उम्मेद्वारलाई भन्दा योग्य उम्मेद्वारलाई आफूहरुले मतदान गर्ने वताए ।

manoj = 1

मेन्याङ्वो धरान नगरपालिकाका एक कार्यकाल उपमेयर तथा एक कार्यकाल मेयर वनेर धरानलाई जनसहभागिताको सहर वनाउने प्रमुख व्यक्ति हुन् ।

वराहक्षेत्र ३ नडाहका राजन राईले आफू हाम्रोलाई भन्दा राम्रो र सक्षम उम्मेद्वारलाई भोट दिने मनस्थितिमा रहेको वताए ।

आफ्नो क्षेत्रको विकास र समृद्धिको पक्षमा काम गर्ने योग्य व्यक्तिलाई सहयोग गर्ने भनाई थियो ।

मेन्याङ्वोका् विषयमा अनौपचारीक जानकारी भएपनि प्रत्यक्ष भेटघाट नभएको वताउदै प्रत्यक्ष भेटन र वुझ्न पाएको भन्दै खुशी लागेको वताए । उनले आफुहरुले सक्षम नेतृत्व चयन गर्न लागि पर्ने वताएकाछन् ।

स्थानीय केषव मैनालीले त्यस क्षेत्रका जनता योग्य र दक्ष उम्मेद्वारको पक्षमा रहेको वताए । उनले यस पटक सही र नेतृत्व चयन गर्नमा पछि नपर्ने दावी समेत गरेका थिए ।

manoj dai = 2

मेन्याङ्वोको निर्वाचन परिचालन समितिमा रहेर काम गरीरहेका खगेन्द्र मेन्याङ्वोले वराहक्षेत्रका जनताले दिएको उत्साहले आफूलाई थप उर्जा मिलेको दावी गरे । शहर भन्दा चुनावी रौनक गाउ गाउमा व्यापक रुपमा वढदै गएकोमा खुशी लागेको वताए ।

सुुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गिरीधारी सापकोटाले मेन्याङ्वोको पक्षमा त्यसक्षेत्रका जनता उत्साहित वनेर लागेको प्रतिक्रिया दिएकाछन् । उनले प्रतिप्रतिदिन गाउ गाउबाट माहौल वन्दै गएकोमा खुशी लागेको वताए ।

manoj dai = 4

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic