विष्णुपादुका र वराहक्षेत्र वडा नं १ मा मनोजको माग वढदो

  • कार्तिक ७, २०७९
  • ५,४८३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७कार्तिक ः धरानको नगर प्रमुख हुदा निकै लोकप्रिय रहेका धरानका पूर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्वोको माग सुनसरी क्षेत्र नं १ मा दिनप्रतिदिन वढदै गएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मेन्याङ्वोको माग निर्वाचन क्षेत्र मा नै वढदै गएको हो ।

आजको धरानको निर्माण गरेका उनै मेन्याङ्वोको उम्मेद्वारीको चर्चाले अन्य क्षेत्रका जनतामा पनि आसा पलाएको छ ।

m 333

धरान नगर उपप्रमुख र प्रमुख भएर काम गरेको अनुभव वटुलेका उनीबाट क्षेत्र नं. १ का जनताले समेत ठूलो अपेक्षा गरेको धरान– २० का प्रेमकुमार राईको भनाई रहेको छ ।

नगर प्रमुख भएको समयमा उनले गरेको कामको अवस्थालाई हेर्दा उनले क्षेत्र नं. १को विकासमा पनि निकै ठुलो आसा गर्न सकिने उनले वताए । मेन्याङ्वो खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेकाछन् ।

त्यसैगरी वराहक्षेत्र नगरपालिका वडा नं १ चियावारीका पूर्व शिक्षक तपेन्द्र राईले यस अघि आफूहरुले जिताएर पठाएका जनप्रतिनिधिहरुले गाउमा खासै केही योजना ल्याउन नसकेको गुनासो गरेका थिए । उनले यस पटक गाउमा योजना ल्याउन सक्ने क्षमतावान उम्मेद्वारलाई आफूहरुले मतदान गर्ने वताएका थिए ।

उनले धरानको विकास गरी विकासलाई नजिकबाट नियालेका अनुभवी दक्ष उम्मेद्वारको रुपमा मेन्याङ्वोलाई वुझेकोले यस पटक आफूहरुले त्यसतर्फ सहयोग गर्ने वताएका थिए ।

उनले जुनसुकै पार्टी आएपनि विकास कसैले नगरेको गुनासो समेत गरेका थिए । विचार जे सुकै भएपनि काम गर्न सक्ने क्षमतावान नेतृत्व चयन गर्ने उनको भनाई रहेको थियो ।

गाउ गाउमा आफ्नो माग रहेको देखेर आफू उत्साहित वनेको मेन्याङ्वोले वताएकाछन् । उनले सोमवार धरान–२० विष्णुपादुका, वराहक्षेत्र वडा नं १ को वरडाडा,चियावारी, सुर्यकुण्ड क्षेत्रमा क्षेत्रमा भेटघाट तथा घरदैलो सञ्चालन गरेका थिए ।

मेन्याङ्वो धरान नगरपालिकाका एक कार्यकाल उपमेयर तथा एक कार्यकाल मेयर वनेर धरानलाई जनसहभागिताको सहर वनाउने प्रमुख व्यक्ति हुन् ।

आफ्नो क्षेत्रको विकास र समृद्धिको पक्षमा काम गर्ने योग्य व्यक्तिलाई सहयोग गर्ने प्रतिवद्धता क्षेत्रका जनताले व्यक्त गरेका थिए ।

सुुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ सल्लाहकार राजकुमार राईले मेन्याङ्वोको पक्षमा विष्णुपादुका र वराहक्षेत्र १ का जनता उत्साहित वनेको देखेर ज्यादै खुशी लागेको वताए । उनले जनताहरु को ठीक को वेठीक भन्ने छुट्याउन सक्षम वनेको उनको भनाई रहेको छ ।

यस पटक अनुभवी र दक्ष उम्मेद्वारलाई जनताले काम गर्ने अवसर दिनेमा आफूहरु ढुक्क रहेको वताए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic