जसले हेरो उसले सन्तुष्टी लियो जसले हेरेन उ पछुतायो नालापानी चलचित्र

  • कार्तिक ८, २०७९
  • ४,०२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ कार्तिक ःअङ्ग्रेज–नेपाल युद्धमा भएको ऐतिहासिक युद्धमा आधारीत नेपाली चलचित्र नालापानी मंगलवार धरानमा प्रदशन भएको छ ।

काठमाडौँ–सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’को धरानमा प्रदर्शन भएको हो ।

nalapani = 2 copy

रिमेश अधिकारीद्धारा निर्देशन गरीएको सो चलचित्रमा नालापानी गढीमा अङ्ग्रेज सैनिक विरुद्ध नेपाली फौजले लडेको साहसिक लडाईंलाई कथा वस्तु वनाइएको छ ।

संभवत सवैभन्दा लामो समय लगाएर निर्माण गरीएको चलचित्रको रुपमा सो चलचित्रलाई मानिएको छ । चलचित्र निर्माण गर्नको लागि निर्देशक अधिकारीले ९ वर्ष अध्यय्न अनुसन्धान गरेर चलचित्र निर्माण गरेका छन् । ।

नेपाली वीरताको गाथा बोकेको चलचित्र भएकोले एकपल्ट हेरेर सल्लाह सुझाव दिन अधिकारीले ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले देश विदेशमा रहेका चलचित्र प्रेमी महानुभावहरुलाई आग्रह समेत गरेका छन् ।

ppppppppp

चलचित्र हेरी सकेपछि दर्शक सुमन श्रेष्ठले आफूले सानो छदा पढेको नालापानीको इतिहासको कुरालाई चलचित्रको कथा वस्तु वनेको देख्दा आफूलाई बाल्यकालमा इतिहास पढेको याद आएको स्मरण गरेका थिए ।

उनले जुन दर्शकले चलचित्र हेरो उसले पूर्ण सन्तुष्ट हुने र जसले हेर्दैन उसले पछुताउनु पर्ने वताए ।

अर्का दर्शक महेश श्रेष्ठले मातृभूमीका लागि हाम्रा पुर्खाले काधमा वच्चा वोकेर जीवनको कुनै प्रभाह नगरी साहसीपूर्वक लडाईं लडेका रहेछन् भन्ने कुरा ‘नालापानी’ले देखाएको प्रतिक्रिया दिएकाछन् ।

मातृभूमिका लागि पुर्खाले के कस्ता चुनौति सामाना गरेकाछन भन्ने सन्देश नयाँ पुस्ता दिएको श्रेष्ठको भनाई रहेको छ ।

चलचित्रमा बिशाल श्रेष्ठ,मनोज शाक्य, पूजना प्रधान, देशभक्त खनाल, प्रनिस शाक्य,अर्जुनजंग शाही, सन्तोष पन्त, बिशाल पहारी, विजय बिष्फोट, गीता अधिकारी रहेकाछन् ।

त्यसैगरी ईशान बिजु श्रेष्ठ, महाविर विश्वकर्मा, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण फिल्ममा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ ।

राम भट्टराई र हरि उप्रेतिले रचना गरेका फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । ‘नालापानी’का एसोसियट निर्माता सपन कुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

यो चलचित्र एकपल्ट हेरीदिन निर्माता मनोज शाक्यले आग्रह समेत गरेकाछन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic