शिखरवासका जनताको समस्याका वारेमा म चिन्तितछु–मेन्याङ्वो

  • कार्तिक १३, २०७९
  • १,०१९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ कार्तिकः सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार मनोज कुमार मेन्याङ्वोले धरान–४ शिखरवासका जनताको समस्याको विषयमा आफु चिन्तित रहेको वताएकाछन् ।

घरदैलो अन्र्तगत स्थानीय शिखरवास खानेपानी कार्यालयमा भएको सामुहिक भेटभाटमा त्यस क्षेत्रका जनताको गुनासो सम्वोधन गर्दै मेन्याङ्वोले सो कुरा वताएका हुन् ।

manoj dai 2 4

स्थानीय राजन राईले सर्दु जलाधारका नाममा सरकारले अनावस्यक दुःख दिएको गुनासो गरेका थिए ।

उनले आफ्नो जग्गा भएको क्षेत्र जलाधार क्षेत्र नपरेपनि विना कारण रोक लगाएकोले व्यक्तिगत सम्पति पनि विक्रि गर्न नपाउदा आफूहरुले सरकार भए नभएको अनुभति गर्न नपाएको गुनासो गरेका थिए ।

धरानलाई वनाउने हो भने धरानको ४ र २० लाई विकासको गतिले अघि वढाउनु पर्ने सुझाव दिएका थिए ।

त्यसक्षेत्रमा पदमार्ग निर्माण गर्न सके आन्तरीक पर्यटनको विकास हुनुका साथै आर्थिक रुपमा पनि टेवा पुग्ने सुझाव दिएका थिए ।

स्थानीयको गुनासो पश्चात मेन्याङ्वोले आफू धरानको दुइपटक जनप्रतिनिधि भइसकेकोले स्थानीय तहका जनताको समस्या मिहिन ढंगले वुझेकोले शिखरवासका जनताको समस्या प्रति थप चिन्तित भएको वताए ।

उनले आफु नीति निर्माण तहमा निर्वाचित भएर गएको खण्डमा त्यसक्षेत्रको जनताको समस्या समाधान गर्नको लागि जस्तोसुकै चुनौतिको सामाना गर्न पनि तयार रहेको उल्लेख गरेका थिए ।

वाझगरा ९ क को जग्गा जलाधारको नाममा केही महिना अघि देखि खरीद विक्रिमा रोक लागेको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic