वस्तिवासीले घण्टाघर हाम्रो भर भन्न थाले धरानमा घन्कियो घण्टाघर

  • कार्तिक १४, २०७९
  • ९,३०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, १५ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कुमार कार्किले सुकुम्वासी जनताले तीन दशक लामो समयदेखि भोगीरहेको लालपुर्जाको लागि आफ्नो वास्तविक प्रतिनिधि चयन गर्नुपर्ने वताएकाछन् ।

चुनावी घरदैलोलाई सम्वोधन गर्ने क्रममा सोमवार धरान–१६ मा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन् ।

kumar 2

कार्यक्रममा सम्वोधन गर्दै कार्कीले दलहरुले लाजपुर्जाको लोभ देखाएर विगत ३० वर्षदेखी सुकुम्वासीहरुलाई अल्मल्याइरहेको आरोप लगाउदै अव लालपुजाको लागि सदन नीति निर्माण गर्ने ठाउमा आफ्नो प्रतिनिधि पठाउने मौका आएको वताए ।

उनले सुकुम्वासीको वास्तविक प्रतिनिधि चयन गर्ने अवसर आएको वताउदै यो अवसरलाई सदुपयोग गर्न सकेमात्र सुकुम्वासीको वास्तविक अधिकार प्राप्त हुने जिकिर गरे ।

उनले आफुलाई जिताएर पठाए मात्र सुकुम्वासीको सम्पूण अधिकार सुनिश्चित हुने दावी समेत गरेका थिए ।

कार्यक्रममा स्थानीय उत्तम कार्कीले सुकुम्वासीहरुले दलहरुको झुठा आस्वासन र भ्रममा नपरी आफ्नो प्रतिनिधिलाई भोट दिएर जिताउन वस्तिवासीलाई आग्रह गरेका थिए ।

उनले वस्तिवासीहरु यो निर्वाचनमा चनासो हुनुपर्नेमा जोडदिदै दलहरुको कुनैपनि लोभ लालचमा नपर्न अपिल समेत गरेका थिए ।

उम्मेद्वार धरान–१५ लगायतका वडाहरुमा समेत आफ्नो घरदैलो सम्पन्न गरीसेकाछन् । सुकुम्वासी क्षेत्रमा कार्कीको राम्रो पकड रहेको छ । उनी सुकुम्वासीहरुको छाता संगठन नेपाल वसोवास वस्ति संरक्षण समाजका केन्द्रीय अध्यक्ष समेत हुन ।

 

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic