एयरपोर्ट निर्माण नभए जनताको जग्गा निःशर्त फिर्ता गर्नुपर्दछ– मेन्याङ्वो

  • कार्तिक १६, २०७९
  • २,१५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ कार्तिकः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभाका स्वतन्त्र मनोज कुमार मेन्याङ्वोले धरानमा निर्माण हुने भनिएको प्रस्तावित एयरपोर्ट सञ्चालन नभए निशर्त जग्गाधनीलाई फिर्ता गर्नुपर्ने वताएकाछन् ।

वुधवार धरानमा आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै गर्नेक्रममा संचारकर्मीले राखेको प्रश्नको उत्तर दिदै उनले सो कुरा वताएकाहुन् ।

मेन्याङ्वोले यति कम्पनीले जग्गाधनीसंग जुन कामको प्रयोजनको लागि जग्गा लिएको हो त्यो अनुसार प्रोजेक्ट सञ्चालन नभए जग्गा फिर्ता गर्ने सम्झौता भएको छ सोही अनुसार जग्गा फिर्ता गर्नुृपर्दछ ।

यति कम्पनीले सम्झौता अनुसार जग्गा फिर्ता गर्नुपर्ने विषयमा आफू जग्गा धनीको पक्षमा जुनसुकै समय र अवस्थामा पनि उभिने दावी समेत गरेकाछन् ।

उनले प्रोजेक्ट हुन नसके इमान्दारीपूर्व जग्गा फिर्ता हुनुपर्दछ यो वा त्यो वाहानामा जग्गा हडप्ने काम हुनु हुदैन यदी त्यसो गरीएमा म जग्गा धनीको पक्षमा सतिसाल झै उभिनेछु ।

उनले सम्झौता गर्दा आफूपनि साक्षि रहेको वताउदै स्थानीय निकायले पनि सम्र्झौता अनुसार प्रोजक्ट सञ्चालन नभए जग्गा फिर्ता गर्न पहल गर्नु पहल गर्नुपर्नेमा जोडदिएका थिए ।

आफुलाई त्यस क्षेत्रको जग्गाको विषयलाई लिएर विवादमा पार्न खोजेको आरोप लगाउदै सम्झौता भन्दा एक इन्च पनि पछि नहटने जिकिर गरेका थिए । उनले भने कसलाई फाइदा हुन्छ वा घाटा हुन्छ मलाई थाहा छैन तर सम्झौतामा प्रोजेक्ट सञ्चालन नभए जग्गा फिर्ता गर्ने भन्नेछ सोही अनुसार हुनुपर्दछ ।

सोही कार्यक्रममा वोल्दै उनले धरानको प्रमुख समस्या भनेको खानेपानी भएकोले त्यसको स्थायी समाधानको लागि सुरुङ मार्गबाट तमोरको पानी ल्याउनु नै स्थायी समाधान हो । यदी यो योजना सञ्चालन गर्न सके धरानभन्दा वाहिरका क्षेत्रमा पनि खानेपानी समस्या समाधान गर्न सकिन्छ ।

मेन्याङ्वोले प्रतिबद्धता–पत्रमा आफू विजयी भएमा सुनसरी क्षेत्र नं। १ को गुमेको साख फर्काउने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई देशकै उत्कृष्ट शिक्षण अस्पताल बनाउने, शिक्षाको केन्द्रका रूपमा विकास गर्ने, व्यापारिक सहरका रूपमा विकास गर्ने, सबैलाई बास र स्वाभिमान, मेरो अभियान लागू गर्ने प्रतिबद्धता गरेका छन् ।

त्यस्तै क्षेत्र नं। १ लाई खेलकुदको केन्द्र बनाउने, पूर्वाधारको विकास गर्ने, आत्मनिर्भर समाज निर्माण गर्न स्वरोजगार बनाउने, खानेपानीको दीर्घकालीन समाधान गर्ने, सबै जातजातिले मातृभाषाको प्राथमिक शिक्षा पाउने व्यवस्था गर्ने, सुकुम्बासीमुक्त क्षेत्र बनाउन पहल गर्ने, विशेष परिस्थितिका व्यक्तिलाई सहुलियत दिँदै शिक्षा र रोजगारीको व्यवस्था गर्ने, रामधुनी–६ र ७ का मुसहर बस्तीका जनताका लागि विशेष प्याकेजको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

पैदलयात्रीका लागि ट्रयाक खोल्ने, औद्योेगिक उत्पादन प्रदर्शनीस्थलको व्यवस्था गर्ने, नियमविपरीत र मनोमानी ढङ्गले सञ्चालित सहकारीलाई नियमन गर्ने नीति तर्जुमा गर्ने, सहरका घरहरूमा कौसीखेतीको प्रविधि भिœयाई कृषिको आधुनिकीकरण गर्ने प्रतिबद्धता गरेका छन् ।

साथै तीन पाङ्ग्रे सवारी साधनको लाइसेन्स दिने प्रक्रिया सहज बनाउने, कोशी राजमार्ग ६ लेन सडकको अन्यौलतालाई केन्द्रीयस्तरबाट समाधानको पहल गर्र्नेलगायतका प्रतिबद्धता गरेका छन् ।

मेन्याङ्वोले सुनसरी क्षेत्र नं. १ का विभिन्न विषय समेटेर ४ पेजको प्रतिवद्धता पत्र सार्वजनिक गरेकाछन् ।

उनले जनता आफ्नो पक्षमा रहेको दावी गर्दै आफ्नो जीत सुनिश्चित भएको दावी समेत गरेका थिए ।

निर्वाचन परिचालन समिति संयोजक किशोर कुमार कार्कीले स्वतन्त्रको पक्षमा दिनप्रतिदिन माहौल वन्दै गएकोले विजय सुनिश्चित भएको दावी गरेका थिए ।

निर्वाचन परिचालन समितिका सहसंयोजक राजकुमार राईले प्रतिवद्धता पत्र वाचन गरेका थिए ।

 

 

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic