हिविसकस वोडिङ स्कुलमा नमुना हाजिरी जवाफ हुने

  • कार्तिक १९, २०७९
  • ७९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ कार्तिक ः धरान–१५ स्थित हिविसकस वोडिङ स्कुलले विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्यय्नमा प्रोत्साहन गर्नको लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

स्कुलले धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्यय्नमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको स्कुलका डाइरेक्टर प्रिन्सिपल गंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागीताका लागि धरान क्षेत्रका नीजि तथा सरकारी गरी ५७ विद्यालयलाई पत्रचार गरी सकेको र अन्य विद्यालयहरुमा समेत पत्रचार गर्ने तयारी भईरहेको कार्यक्रम संयोजक रमेश माझीले जानकारी दिएकाछन् ।

स्कुलका प्रिन्सिपल गंगाराम राईका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो,पाचौं र छैटौ हुने विजेताहरुलाई क्रमस १२ हजार, १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगद मेडल र प्रमाण–पत्र प्रदान गरीनेछ ।
पुष १४ र १५ गते आयोजना हुने सो प्रतियोगितामा हरेक विद्यालयका ३ जना विद्यार्थी सहभागी हुने र त्यसमा एकजना महिला अनिवार्य हुने गरी सहभागी गराउनको लागि विद्यालयलाई पत्राचार गरीसकिएको स्कुलको भनाई रहेकोछ ।

यो प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिदै जाने स्कुलका प्रिन्सिपल गंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागिताका लागि कार्तिक ३० गतेसम्म विद्यालयहरुले आफ्नो नाम दर्ता गरीसक्नु पर्ने व्यवस्था गरीएको छ ।

यो प्रतियोगितालाई अहिलेसम्म कै नमुना र फरक वनाउन लागिएको राईको भनाई रहेको छ ।
यो प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको अनुमान रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic