हिविसकस वोडिङ स्कुलमा नमुना हाजिरी जवाफ हुने

  • कार्तिक १९, २०७९
  • ७२७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ कार्तिक ः धरान–१५ स्थित हिविसकस वोडिङ स्कुलले विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्यय्नमा प्रोत्साहन गर्नको लागि हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

स्कुलले धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्यय्नमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको स्कुलका डाइरेक्टर प्रिन्सिपल गंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागीताका लागि धरान क्षेत्रका नीजि तथा सरकारी गरी ५७ विद्यालयलाई पत्रचार गरी सकेको र अन्य विद्यालयहरुमा समेत पत्रचार गर्ने तयारी भईरहेको कार्यक्रम संयोजक रमेश माझीले जानकारी दिएकाछन् ।

स्कुलका प्रिन्सिपल गंगाराम राईका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो,पाचौं र छैटौ हुने विजेताहरुलाई क्रमस १२ हजार, १० हजार, ८ हजार, ६ हजार, ४ हजार, २ हजार नगद मेडल र प्रमाण–पत्र प्रदान गरीनेछ ।
पुष १४ र १५ गते आयोजना हुने सो प्रतियोगितामा हरेक विद्यालयका ३ जना विद्यार्थी सहभागी हुने र त्यसमा एकजना महिला अनिवार्य हुने गरी सहभागी गराउनको लागि विद्यालयलाई पत्राचार गरीसकिएको स्कुलको भनाई रहेकोछ ।

यो प्रतियोगितालाई आगामी दिनमा निरन्तरता दिदै जाने स्कुलका प्रिन्सिपल गंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागिताका लागि कार्तिक ३० गतेसम्म विद्यालयहरुले आफ्नो नाम दर्ता गरीसक्नु पर्ने व्यवस्था गरीएको छ ।

यो प्रतियोगितालाई अहिलेसम्म कै नमुना र फरक वनाउन लागिएको राईको भनाई रहेको छ ।
यो प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको अनुमान रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

सुनसरी–१ मा २८ उम्मेदवारद्वारी दर्ता

छाल खवर धरान,६ माघ ः प्रतिनिधि सभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र १ बाट ...

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic