नेवार समुदायको अधिकारका लागि जस्तो सुकै अडिमा उभिनेछु अशोक राई

  • कार्तिक १९, २०७९
  • ८७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ कार्तिकः जनता समाजवादी पार्टी र नेकपा एमालेको गठवन्धनबाट प्रतिनिधि सभाका उम्मेद्वार अशोक कुमार राईले धरानका नेवार समुदायवीच भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।

नेवार समुदायका उद्योगी व्यापारी र समाजका प्रतिष्ठीत व्यक्तीत्वहरुको उपस्थितिमा प्रतिनिधि सभाका उम्मेद्वार राईले सम्वोधन गरेका थिए ।

ashok dai

आफ्नो समुदायको भावना र अधिकारलाई स्थापित गर्नको लागि जसले लडछ उसको पक्षमा आफूहरु रहेको नेवार एकता समाजका अध्यक्ष राजेशमान श्रेष्ठले वताए ।

धरानको नेवार समुदायका समस्याको वारेमा वोल्ने र अधिकारलाई नीति निर्माण मा नै दर्ज गर्ने नेतालाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उम्मेद्वार अशोक राईले नेवार समुदायाले नेपाल निर्माणमा र नेपालको मौलिक कला संस्कृतिको निर्माण पु¥याउनु भएको योगदान रहेको भन्दै प्रसंशा व्यक्त गरेका थिए ।

कोशी राजमार्गलाई वढाउने र घटाउने सन्र्दभमा भौतिक मन्त्रलयमा समेत ४ लेन भन्दा आफूहरुले दवाव नदिने वताएको जानकारी दिएका थिए ।

शक्ति जनतामा रहने कुरा हो सार्वभौभ अधिकारका लागि जनताले कस्लाई अस्तियारी दिन्छन भन्ने कुरा हो । म जितमा रमाउने र हारमा निराश हुने व्यक्ति होइन ।

सुनसरी क्षेत्र नं. १ का जनताको अधिकार र विकासका लागि म जस्तोसकुै अवस्थामा उभिने छु । नेवार समुदायको अधिकार लागि म जस्तो सुकै कठिन अवस्थामा उभिनेछु ।

लोकतन्त्रमा समानता हुनुपर्दछ । समुदाय भित्र रहेको विभेदको विरुद्धमा म सधै उभिनेछु । राज्यले विभेद गर्न हुदैन ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दैै प्रतिनिधि सभाको समानुपाति उम्मेद्वार सुशिला राईले आफु समान अधिकारका लागि सधै उभिन प्रतिवद्ध रहेको वताइन ।

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic