कहिले मंसिर ४ आउछ र मलाई भोट दिउ भनेर जनता आतुर छन– अशोक राई

  • कार्तिक २२, २०७९
  • ५४२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पूर्वमन्त्री अशोक राईले जनता आफूलाई भोट दिन आतुर रहेको वताएकाछन् ।

जनता समाजवादी र नेकपा एमालेको गठवन्धनबाट उम्मेद्वार वनेका राईले धरान–१६ को घरदैलोको क्रममा छोटो प्रतिक्रिया दिदै सो कुरा वताएका हुन् ।

स्वागत अभियानले पनि हामीले जिति सकेको महशुस गरेका छौं । मंसिर ४ गते छिटो भन्दा छिटो आफ्नो अभिमत वक्सामा वन्द गर्नुपाए हुने थियो भन्ने रहेको पाएको उल्लेख गरेकाछन् ।

समिकरणलाई जिताउनु अहिलेको राष्ट्रिय आवस्यकता हो । त्यो कुरा जनताले वुझेकाछन् । नेपाली राजनीतिमा आफूले दिएको योगदानको मुल्याङ्कनले पनि आफलाई जिताउन आग्रह गरेका थिए ।

आफ्नो प्रतिष्पर्धा अर्को गठवन्धनका उम्मेद्वारसंग हुने उनले जिकिर गरेका थिए ।

त्यसैगरी प्रदेश सभाका उम्मेद्वार विजयकुमार राईले जसपा र एमालेको तालमेलको उम्मेद्वारलाई अभिमत दिन उत्साहित रहेको प्रतिक्रिया दिएकाछन् ।

घरदैलोमा भेटिएका नेकपा एमाले धरान– १६ का सचिव हरी राउतले आफ्नो वडामा जसपा एमालेवीचको तालमेलका उम्मेद्वारको पक्षमा दिनप्रतिदिन माहौल वन्दै गएको प्रतिक्रिया दिएकाछन् ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic