जनता दलहरुको व्यवहारबाट आजित छन् यस पटक मलाई जिताउन पर्खिरहेकाछन् – मेन्याङ्वो

  • कार्तिक २२, २०७९
  • १३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२१ कार्तिक ः सुनसरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार तथा धरान नगरपालिकाका पूर्व नगर प्रमुख मनोज कुमार मेन्याङ्वोले दलहरुबाट जनता आजित भएकोले यस पटक आफूलाई जिताउने दिने पर्खिरखेको वताएकाछन् ।

स्वतन्त्रबाट उम्मेद्वार वनेका मेन्याङ्वोले धरान–१३ को घरदैलो पश्चात अमरहाटमा कोणसभालाईलाई सम्वोधन गर्दै सो कुरा वताएका हुन् ।

मेन्याङवोले टोल टोलमा स्वतन्त्रको पक्षमा माहौल वन्दै वताउदै आफ्नो जित सुनिश्चित भएको दावी गरेका थिए ।

आफू धरानको उपप्रमुख र प्रमुख हुदा गरेको कामलाई संस्थागत गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको वताए ।

धरानको २० वटै वडामा आफ्नो चुनाव चिन्हको लहर भएको दावी समेत गरेकाछन् । आफ्नो लहरले गठवन्धनका नेता कार्यकर्ताहरु तिलमिलाउन थालेको आरोप समेत लगाएकाछन् ।

जनतावीचमा जाने कुनै एजेण्डा नभएपछि आफ्नो चरीत्र हत्या गर्न पटि लागेको आरोप लगाउदै यस्ता भ्रममा नपर्न आग्रह गरेका थिए । जनता खरायोमा भोट हाल्न आतुर रहेको वताउदै कसैको भ्रममा नपर्न आग्रह गरेका थिए ।

त्यसैगरी कोण सभामा वोल्दै नेपाली कांग्रेसका सकृय सदस्य प्रेम पराजुलीले आफू नेपाली कांग्रेस भएपनि योग्य, दक्ष, सक्षम उम्मेद्वार भएकोले समर्थन गरेको वताए ।

त्यस्तै धरान–१३ का पूर्व वडाध्यक्ष हरीप्यारा श्रेष्ठले नीति निर्माणमा आफ्नो कुरा दर्ज गर्नसक्ने नेता चयन गर्ने वेला आएकोले त्यो क्षमता मनोज मेन्याङ्वोमा भएकोले आफूले समर्थन गरेको वताए ।

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic