जनता स्वतन्त्र युवालाई मतदान गर्न आतुर छन् – खगेन्द्र श्रेष्ठ

  • कार्तिक २६, २०७९
  • ७,९४४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६ कार्तिक ः प्रदेश सभा सदस्य पदका लागि सुनसरी क्षेत्र नं १ (क) तर्फका स्वतन्त्र उम्मेद्वार खगेन्द्र श्रेष्ठले राजनीतिक दलहरुको व्यवहारबाट आजित भएकोले स्वतन्त्र युवालाई मतदान आतुर रहेको वताएकाछन् ।

khagandra = 2

आफ्नो चुनावी घरदैलो कार्यक्रमको क्रममा छाल खवरलाई प्रतिक्रिया दिदै उनले सो प्रतिक्रिया दिएकाछन् ।

सामाजिक अभियन्ता समेत रहेका श्रेष्ठले प्रदेश सभाका लागि धारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाछन् ।
समाज परिवर्तनको लागि अहारोत्र खटीने श्रेष्ठ यतिवेला मतदाताको घरदैलो अभियानमा व्यस्त रहेकाछन् ।

मतदाताको घर घर पुग्दा आफ्नो पक्षमा माहौल वन्दै गएको उनको भनाई रहेको छ । राजनीतिकि दलहरुले वर्षौदेखि झुठा आस्वासन मात्र दिने र काम नगरीदिने गरेकोले जनता अव दलका नेताका कुरामा विश्वास गर्न छाडेको प्रतिक्रिया पाएको उनको भनाई रहेको छ ।

manoj 3

मतदाताहरु आफूलाई मतदान गरेर विजयी गराउन आतुर रहेको पाएको उनले वताए । अधिकांश वुढापाकाहरुले आफूलाई जनताको असली सेवक भएर काम गर्न आर्सिवाद दिएको समेत उनले उल्लेख गरेकाछन् ।

आफू निर्वाचित भएर गएको खण्डमा प्रदेश नं. १ को नीति निर्माणका साथै विकास निर्माणमा समेत प्रभावकारी भूमिका निर्वाह गरेर प्रदेश नं १ लाई छ्या हैन आहा भन्ने वनाउने दावी गरेकाछन् ।

photo   5

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic