सुनसरी १ प्रदेश (क) मा रमेश बस्नेतको जीत सुनिश्चित

  • मंसिर ९, २०७९
  • १०८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (क) मा एमालेका रमेश बस्नेतको जीत सुनिश्चित वनेको छ ।

वस्नेतले १० हजार ५सय ६१ मत ल्याएका छन भने लोकतान्त्रिक वाम गठवन्धनका उमेश थापाले ९ हजार ३ सय ४५ मत प्राप्त गरेका छन । थापालाई बस्नेतले १ हजार २ सय १६ मतले पछाडि पारेका छन्

सुनसरी क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपरिणाम अनुसार ३७ हजार ७ सय २९ मत गणना भएको छ ।

भनेराप्रपाका उद्दव श्रेष्ठले ८ हजार१ सय ७५ू मत प्राप्त गरेका छन् ।संघीय लिम्बुवान मञ्च चुनाव चिन्हका भोलामान बर्देवाले १हजार ३४ मत पाएका छन् हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरोका विजय कालिकोटेले १हजार २सय १८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवारहरु लाटिन चुनाव चिन्हका समिर तामाङले ३ हजार ९सय ८१ मत ल्याएका छन भने पानीको धारा चुनाव चिन्हका खगेन्द्र श्रेष्ठल १हजार ३१े मत प्राप्त गरेका छन् ।

अब प्रदेशसभा १ (क)तर्फ धरानको वडा नं १९ को ९ सय मत मात्र मतगणना बाँकी छ । वडा १९ मा खसेको मत २००४ रहेको छ ।

गएको स्थानीय निर्वाचनमा १९वडामा पनि एमालेको प्यानल विजयी भएको कारण बस्नेतको मत राम्रो आउने अनुमान छ । यसले गर्दा एमाले उम्मेद्वार रमेश जित नजिक रहेका
छन् ।

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic