सुनसरी १ (१) मा एमालेका रमेश बस्नेत विजयी

  • मंसिर ९, २०७९
  • ३५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर

धरान,९ मंसिर ः सुनसरी क्षेत्र नं. १ प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार रमेशकुमार बस्नेत विजयी भएका छन् ।

वस्नेतले निकटतम प्रतिष्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उमेश थापालाई १ हजार ३ सय ५० मतले पराजित गर्दै विजयी वनेका हुन ।

बस्नेतले ११ हजार १०२ मत प्राप्त गर्दा थापाले ९ हजार ७५२ मत प्राप्त गरे । सुनसरी १ (१) मा ३९ हजार ७२६ मत खसेको थियो ।

तेस्रो स्थानमा राप्रपाका उद्धव श्रेष्ठले ८ हजार ३६३ मत प्राप्त गरे ।

को हुन् रमेशकुमार बस्नेत ?

जतिबेला स्थानीय तहहरुको पुनः संरचनाको बहस भइरहेको थियो । उतिबेला धरान पनि तानातानमा थियो ।

मेट्रोसिटी, मेघासिटी आदिको व्यापक बहस थियो । इटहरी, धरान र विराटनगर जोडेर मेघा सिटी बनाउने, इटहरी र धरान मात्रै जोड्ने लगायतका प्रयास भए । त्यसबीचमा छिमेकी पालिका जोडिने र स्तरोन्नती हुने क्रम शुरु भयो । पाँचकन्या र विष्णुपादुका गाविसलाई धरानमा गाभ्ने र धरानलाई उपमहानगरपालिका बनाउने विषयमा बहस शुरु भयो ।

बहस शुरु हुन थालेपछि गाविसवासी विभाजित भए । धरानमा गाभिदा पाँचकन्या र विष्णुपादुकाको इतिहास नामेट हुन्छ भन्ने आम बुझाइ थियो । तर नेकपा ९एमाले० का नेता तथा त्यस क्षेत्रका अगुवा रमेशकुमार बस्नेतले ती क्षेत्रलाई उपमहानगरपालिकामा गाभ्नु उपयुक्त हुने कुरा बुझाए ।

गाविसबाट उपमहानगरबासी हुँदा विकासको गति तीब्र हुने भनेर बोल्न थालेपछि अन्य आवाज मधुरो भयो । तर त्यसबेला विष्णुपादुका धरानमा नगाभिने निर्णय गर्दै पछि हट्यो । वस्नेतका कारण पाँचकन्या एकमतले धरानमा गाभिने भएपछि धरान उपमहानगरपालिका भयो । विष्णुपादुका पनि ९ महिनापछि धरानमा गाभिन सहमत भएर आयो । २०४९ सालमा पाँच कन्यागाविसलाई देशकै उत्कृष्ट गाविस बनाएका वस्नेतले त्यसयता धरानको हितमा अनेकन काम गर्दै आएका छन् । उनै वस्नेत मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ ९क० का प्रत्यक्ष उम्मेदवार छन् ।

आफू कक्षा ७ मा पढ्दादेखि नै पञ्चायती व्यवस्थाविरुद्ध तात्कालीन नेकपा मालेको विद्यार्थी संगठनमा आवद्ध भएर समाज रुपान्तरणको राजनीतिक अभियानमा होमिएका बस्नेत चार दशकदेखि समाज रुपान्तरणकै अभियानमा छन् । महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्दा अनेरास्ववियुमा सक्रिय भएको भन्दै मण्डलेहरुबाट मरणासन्न हुने गरी उनीमाथि आक्रमण भएको थियो ।

उनी त्यस बेला लामो समयको उपचारपछि मात्रै सामान्य जीवनमा फर्किएका थिए । स्थायी शिक्षकको सरकारी जागीरमा रहेका बस्नेतले पार्टीको आग्रहमा २०४८ सालमा राजीनामा दिएर सम्पूर्ण जीवन समाजसेवामा समर्पण गरेका थिए । पार्टीले पूर्णकालीन राजनीतिमा लाग्न निर्देशन दिएपछि सरकारी जागीर छाडेर राजनीतिमा होमिएका थिए । २०४९ सालमा साविक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका उनी विजयी भएका थिए भने दोस्रो कार्यकालमा पनि उनी भारी मतका साथ विजयी भएका थिए ।

दुई कार्यकाल गाविस अध्यक्ष चलाउँदा नै अब्बल सावित भएका बस्नेत त्यसपछि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे । पार्टीमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटीको सह–संयोजक, जिल्ला कमिटीको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै अहिले नेकपा एमालेको १ नं। प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

रमेशकुमार बस्नेतको राजनीतिक यात्रा

२०३७ ः तत्कालीन नेकपा (माले) सम्पर्क २०४२ ः अनेरास्ववियुको धरान नगरको संस्थापक सचिव २०४४ ः एरिया शिक्षक पार्टी सक्रिय दलको सदस्य २०४७ ः नेकपा (एमाले) धराननगर कमिटी सदस्य २०४९ ः पाँचकन्या गाविसको अध्यक्षमा निर्वाचित २०५४ ः पाँचकन्या गाविसको अध्यक्षमा पुनः निर्वाचित÷गाविस महासंघ सुनसरीको अध्यक्ष २०५७ ः सुनसरी जिल्ला कमिटी सदस्य २०७२ ः सुनसरी जिल्ला कमिटी उपाध्यक्ष २०७४ ः सुनसरी जिल्ला कमिटी अध्यक्ष २०७८ ः नेकपा (एमाले) १ नं. प्रदेश कमिटी सचिवालय सदस्य २०७९ ः प्रदेश सभा सदस्यमा निर्वाचित ‘पाँचकन्या गाविस त्यसबेला देशकै नमुना गाविसको रुपमा पनि चिनिन्थ्यो ।

पूर्वाञ्चलमा पहिलो पटक वडा कार्यालय सञ्चालन गर्ने काम पाँचकन्या गाविसबाट शुरु भएको थियो । वडास्तरमा रेशम खेती गर्दा पनि नेपालकै उत्कृष्ट गुणस्तरको रेशम उत्पादन भएको थियो । त्यसबेला ३ वटा वडामा मात्रै विद्युत पुगेको थियो त्यो पनि मेन लाइनमा मात्रै । ती कुराहरुको व्यवस्थापन गर्न म सफल नै भए । त्यसबेला ९२०४८ साल० पाँचकन्या गाविस सुनसरी जिल्लाको सबैभन्दा पछाडि पारिएको गाविसको रुपमा थियो । त्यो २०६० सालमा आइपुग्दा सुनसरीको सबैभन्दा अग्रपंत्तिमा पाँचकन्या गाविस आइपुग्यो ।

त्यस्तै गरी गाउस्तरीय शिक्षा समिति र गाउँस्तरीय शिक्षा योजना बनाउने मुलुककै पहिलो गाविस पाँचकन्या नै भएको थियो । त्यसको सिको गर्दै अन्य गाविस तथा नगरहरुले पनि शिक्षा समिति बनाएका थिए । मनमोहन अधिकारीको सरकारले गाविसलाई ३ लाख बजेट दिन थालेपछि विकासको क्रम शुरु भएको थियो ।

बिजनेस एक्स्पो नाफामा

छाल खवर धरान,२८चैत ः नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिल ...

शिक्षक महासंघले बाताका लागि नानुमाया पराजुलीको ने

छाल खवर धरान २७ चैतः विभिन्न माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकार ...

हिबिस्कस इङ्लिस बोर्डिङ स्कूल गुणस्तरीय र व्यवहार

चिनारी ः २०६३ सालमा स्थापना भएको हिबिस्कस इङ्लिस बोर्डिङ स्कूलले विद्यार्थी ...

तलुवामा वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न

छाल खवर धरान,२६चैतः ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षर ...

सुनसरी थोक तथा डिलर व्यवसायि संघको अध्यक्षमा पवन

छाल खवर धरान,२५ चैतः सुनसरी डिलर तथा थोक व्यवसायी संघ, धरानको चौंथो साधारण ...

होली गार्डेन स्कुलले उपत्यका वाहिर पहिलो पटक नयाँ

छाल खवर धरान,२४ चैत ः होली गार्डेन एकेडेमी धरानले उपत्यका वाहिर पहिलो पटक न ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic