जसपाका अशोक राई सुनसरी १ बाट विजयी

  • मंसिर १२, २०७९
  • १७० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ मंसिर ः एमाले जसपाका उम्मेद्वार अशोककुमार राई सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ ९सरिन०लाई ४५३ मतान्तरले पराजित गर्दै राइ्र्र विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले १७ हजार ५९ मत पाई विजयी भए भने तामाङले १६ हजार ६०६ मत पाएकी छिन् ।

यसैगरि, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका छन् भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ७ हजार ८१२, तर्कबहादुर मगरले ३ हजार ८१८ पाएका छन् । 


को हुन् अशोक राई ?

२०२९ सालदेखि कम्युनिष्ट राजनीतिमा लागेका अशोककुमार राई नेकपा एमालेका लोकप्रिय नेता थिए ।

पञ्चायतकालमा १३ वर्ष भूमिगत जीवन बिताएका उनी बहुदलीय व्यवस्था स्थापनापछि तीनपटक सरकारको मन्त्री बने ।
उनी २०४८ सालको संसदीय निर्वाचनमा खोटाङबाट प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित भए ।

२०५१ सालमा एमाले नेतृत्वको सरकारमा उनी निर्माण तथा यातायात मन्त्री बने । उनी २०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्थामन्त्री र २०६२ साल स्वास्थ्यमन्त्री भए ।

यातायात मन्त्री भएका बेला मध्यपहाडी राजमार्ग निर्माणमा विशेष भूमिका खेलेका राईले स्वास्थ्यमन्त्री भएका बेला बाल मृत्युदर कम गर्न सरकारी अस्पतालबाट सुत्केरी भत्ता दिने कार्यक्रम ल्याएका थिए ।

चार दशक सक्रिय राजनीति गरेका उनले पहिचानसहितको संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता मुद्दामा असहमति राख्दै २०६९ सालमा एमाले परित्याग गरेको घोषणा गरे ।

२०७० सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी पार्टीबाट सांसद बने ।

केही राजनीतिक साहित्यिक पुस्तकसमेत लेखेका राई २०७४ सालको निर्वाचनमा सुनसरी–१ बाटै उम्मेदवार बनेका थिए ।
तर त्यसबेला उनी २२ हजार १२३ मत ल्याएर दोस्रो भए ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic