शनिवार धरानका ७ सय ५०विद्यार्थीहरु दौडीने

  • मंसिर १४, २०७९
  • २,१२९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ मंसिर ः धरान राउण्ड टेवल २६ र लियो क्लव विजयपुरको संयुक्त आयोजनामा लियो इन्टर स्कुल रन प्रतियोगिता हुने भएको छ ।

आयोजकले वुधवार धरानमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको थियो ।

आयोजकका अनुसार ५ किलो मिटरको दुरी तय गरीएको सो प्रतियोगितामा धरानका ४० नीजि तथा सरकारी विद्यालयका ७ सय ५० जना छात्र तथा छात्राहरुले सहभागिता जनाउने छन् ।

दौडको रुट भानुचोकबाट शुरुभई पुतलीलाईन हुदै कल्याण चोक , छाताचोक सिंहदेवी चोक हुदै माछा भौडी देशी लाईन हुदै भानुचोकमा टुंगिने छ ।

प्रतियोगिता मंसिर १७ गते शनिवार धरानको भानुचोकमा आयोजना हुनेछ ।

धरान राउण्ड टेवल २६ का अध्यक्ष अग्रिम खेतानका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमस ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic