सरकारी विद्यालयको विकासका लागि म पहल गर्नेछु – माननीय अशोक कुमार राई

  • मंसिर १५, २०७९
  • ३,७८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले सरकारी विद्यालयको वृहत्तर विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

धरान–८ स्थित शहिद माध्यामिक विद्यालयले आयोजना गरेको वधाई ज्ञापन कार्यक्रममा वोल्दै माननीय राईले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

photo = 1

उहाँले कार्यक्रममा वोल्दै मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा नै व्यवस्था गर्ने गरी आफू लागि पर्ने कुरामा जोडदिनुभयो ।

मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने क्रममा धरानका विभिन्न वडाहरुमा व्यस्त रहनु भएका राईले धरानको विभिन्न क्षेत्रको विकासको लागि आफू लागि पर्ने वताउनु भयो ।

photo = 4

कार्यक्रममा ध्यानाकर्षण गर्दै शहिद माध्यामिक विद्यालयका प्रधानाध्यापक राम विष्टले सरकारी विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारको विकास गर्नको लागि राज्यले पयाप्त वजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए ।

विष्टले दिवा खाजाको वजेट वृद्धि गर्नुपर्ने, निःशुल्क शिक्षा पूर्ण रुपमा कार्यान्वयन गर्न वजेट थप गर्नुपर्ने लगायतका माग राखी ध्यानाकर्षण गराएका थिए ।

photo 3

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय रमेश कुमार वस्नेत, वडाध्यक्ष धनकुमार राई , जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यसमिति सदस्य सुशिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic