सरकारी विद्यालयको विकासका लागि म पहल गर्नेछु – माननीय अशोक कुमार राई

  • मंसिर १५, २०७९
  • ३,८४७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः सुनसरी क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले सरकारी विद्यालयको वृहत्तर विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

धरान–८ स्थित शहिद माध्यामिक विद्यालयले आयोजना गरेको वधाई ज्ञापन कार्यक्रममा वोल्दै माननीय राईले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

photo = 1

उहाँले कार्यक्रममा वोल्दै मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा नै व्यवस्था गर्ने गरी आफू लागि पर्ने कुरामा जोडदिनुभयो ।

मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने क्रममा धरानका विभिन्न वडाहरुमा व्यस्त रहनु भएका राईले धरानको विभिन्न क्षेत्रको विकासको लागि आफू लागि पर्ने वताउनु भयो ।

photo = 4

कार्यक्रममा ध्यानाकर्षण गर्दै शहिद माध्यामिक विद्यालयका प्रधानाध्यापक राम विष्टले सरकारी विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारको विकास गर्नको लागि राज्यले पयाप्त वजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए ।

विष्टले दिवा खाजाको वजेट वृद्धि गर्नुपर्ने, निःशुल्क शिक्षा पूर्ण रुपमा कार्यान्वयन गर्न वजेट थप गर्नुपर्ने लगायतका माग राखी ध्यानाकर्षण गराएका थिए ।

photo 3

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय रमेश कुमार वस्नेत, वडाध्यक्ष धनकुमार राई , जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यसमिति सदस्य सुशिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic