हिविसकसकी आस्था उदास भविष्यमा डाक्टर वन्ने

  • मंसिर १९, २०७९
  • ४,०२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, साउन ः विद्यालयको समय वाहेक दैनिक घरमा ३ घण्टाको पढाईको नै कक्षामा प्रथम हुनका लागि पयाप्त वन्ने गरेको छ आस्था उदाशलाई ।

हिविसकस वोडिङ स्कुल धरान–१५ मा कक्षा ६ मा अध्ययनरत आस्था कक्षाकी प्रथम विद्यार्थी हुन ।

हुने विरुवाको चिल्लो पात भने झै उनी पढनमा मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापमा पनि अगाडी छिन् ।

hibicus-final-photo

स्कुलले आयोजना गर्ने नृत्य प्रतियोगितामा त उनी दोस्रो हुन परेको छैन् । संगीत क्षेत्रमा आएको नया नया गीतमा नृत्य गर्ने उनको सोख रहेको छ । त्यसो त पढाईमा पनि उनलाई अभिभावकले घरमा गृहकार्य गर्नको लागि सम्झाउनु पदैन । विद्यालयबाट घर आइपुग्ना साथ विद्यालयको गृहकार्य गर्न वस्नु उनको दैनिक दिनचर्या नै वनेको छ ।

त्यसो त आस्था पढाईका अतिरीक्त विद्यालयले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सहभागी हुने गरेकीछिन् । ड्रोइङ प्रतियोगिता,नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरुमा उनी सहभागी हुनु मात्र हैन प्रतियोगिताहरुमा विजेता नै हुने गरेकीछिन् । विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगितामा उनी प्रथम नै बनेकीछिन् ।

आस्था भविष्यमा डाक्टर वनेर असहाय र विरामीहरुको सेवा गर्ने लक्ष्य लिएको वताउछिन् ।डाक्टर नै किन वन्ने भन्ने प्रश्नमा उनी भन्छिन् – अरु सेवा भन्दा डाक्टर वनेर सेवा दिदा मानवीय सेवा समेत हुने हुदा डाक्टर वन्ने लक्ष्य लिएको वताउछिन् ।

आस्थाका वुवा अमिर उदाश होटल व्यवसाय गर्नुहुन्छ भने आमा अनिता उदाश गृहिणी हुनुहुन्छ ।

आजका बाल बालिका भनेका भोलीका राष्ट्रका कर्णधार हुन भन्ने भनाईलाई चरीतार्थको गर्नको लागि उनीहरुलाई उचित शिक्षाको खाचो हुन्छ । त्यसका लागि पनि अभिभावकले ध्यान दिन जरुरी छ । अभिभावक र विद्यालयले सही मार्ग निर्देशन ग¥यो भने उनीहरु भविष्यमा सही मार्गमा अघि वढन सक्छन ।

आस्थाका व विषयमा विद्यालयका निर्देशक गंगाराम राई भन्नुहुन्छ – परिश्रमी, मेहनती, लगनशील,अनुशासित, ज्ञानी र जेहेन्दार विद्यार्थी हुन ।

उनको लगनशीलता र मेहनतबाट विद्यालयले भविष्यमा ठूलो अपेक्षा गरेको छ । उनले भविष्यमा विद्यालयको गरीमालाई उच्च वनाउने कुरामा आफूहरु विश्वस्त रहेको प्रिन्सिपल राईको भनाई रहेको छ ।

आफ्ना भावि सन्ततिका लागि हरेक अभिभावकहरु सचेत र संवेदनशील हुनपर्नेमा निर्देशक राईको सुझाव रहेको छ ।

विद्यालय र अभिभावकको एक आपसमा सहकार्य भएमा बालबालिकाको भविष्य सुनौलो र उज्वल वन्ने छ । शिक्षक र अभिभावकवीचको समन्वय अपरीहार्य रहेको प्रिन्सिपल राईको भनाई रहेको छ ।

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic