पत्रकार महासंघ सुनसरीद्धारा गजेन्द्र राईको रिहाईका लागि आन्दोलन

  • मंसिर २०, २०७९
  • २९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० मंसिर ः उदयपुरका पत्रकार गजेन्द्र राईको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलन गर्ने भएको छ ।
पत्रकार महासंघ सुनसरीको मंगलवार वसेको कार्यसमिति वैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।
वैठकले पत्रकार राईको रिहाईका लागि बुधवार जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्तिपूर्ण धर्ना दिने र गृह मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय भएको महासंघका सुनसरी अध्यक्ष जनकऋषि राईले जानकारी दिएकाछन् ।
राईका अनुसार प्रशासन कार्यालय अगाडी केहीवेर कालो पट्टी वाधेर धर्ना दिने र ध्यानाकर्षण पत्र वुझाउने कार्यक्रम तय भएको छ ।
समाचार लेखेकै कारण कुनैपनि संचारकमीैलाई पक्राउ गर्न नहुने वताउदै कुनै समाचारका चित्त नवुझे त्यसको कानुनी उपचार गर्ने निकाय हुदा हुदै पनि प्रहरीले पक्राउ गर्नु निन्दनीय भएको वताउदै विना शर्त निहा गर्नुपर्ने माग समेत गरीएको छ ।
उदयपुरका पत्रकार राईलाई समाचार लेखेको विषयमा प्रहरीले मंसिर १० गते गाईघाटबाट पक्राउ गरी काठमाडौं लगेको छ । राईले निगरानी पोष्ट डटकम अनलाइन दैनिकमा समाचार लेखेको विषयलाई लिएर प्रहरीले पक्राउ गरेको थियो ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic