समुदायको विकासका लागि म सधै पहल गर्छु– माननीय अशोक कुमार राई

  • मंसिर २३, २०७९
  • ४,२९८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ः सुनसरी क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले जातीय समुदायको अधिकार स्थापित गर्न र विकास गर्नको लागि आफू सधै सकृय रहने वताउनु भएको छ ।

भुजेल समाज सेवा समिति धरान नगर समिति,जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समितिले संयुक्त रुपमा आयोजना गरेको भुजेल पर्व उद्यौली पर्वका अवसरमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा सम्वोधन गर्दै राईले सो कुरा वताएका हुन ।

राईले सवै जाति समुदायको हितको निम्ति सधै अग्रसर रहने वताउदै भुजेल समुदायको विकासका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

bhujel 2

उनले आफू पहिचानको अधिकारका लागि लडदै आएको र जाति र समुदायको अधिकार स्थापित गर्नको लागि सधै अग्रमोर्चामा रहेर लडीरहने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा भुजेल संस्कृति विद डिकबहादुर भुजेलले भुजेलहरुको पहिचान र अवस्थाका वारेमा वोलेका थिए ।
सो अवसरमा दिल बहादुर भुजेल र उनको परिवारले श्रीमति चन्द्रमाया भुजलेको स्मृतिमा ४० हजार वरावरको वैठक टेवल हस्तान्तरण गरीएको थियो । सो कार्यको पहल समाजका केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेलले गरेका थिए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं १ क तफका माननीय रमेश कुमार वस्नेत र ख तर्फका माननीय विजयकुमार राईलाई पनि वधाई ज्ञापन गरीएको थियो ।

जिल्ला अध्यक्ष रवि भुजेलको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेल,प्रदेश उपाध्यक्ष चन्द्र भुजेलको उपस्थिति रहेको थियो

bhujel = 1 bhujel = 5 bhujel = 4

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic