समुदायको विकासका लागि म सधै पहल गर्छु– माननीय अशोक कुमार राई

  • मंसिर २३, २०७९
  • ४,३६१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ः सुनसरी क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य माननीय अशोक कुमार राईले जातीय समुदायको अधिकार स्थापित गर्न र विकास गर्नको लागि आफू सधै सकृय रहने वताउनु भएको छ ।

भुजेल समाज सेवा समिति धरान नगर समिति,जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समितिले संयुक्त रुपमा आयोजना गरेको भुजेल पर्व उद्यौली पर्वका अवसरमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा सम्वोधन गर्दै राईले सो कुरा वताएका हुन ।

राईले सवै जाति समुदायको हितको निम्ति सधै अग्रसर रहने वताउदै भुजेल समुदायको विकासका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

bhujel 2

उनले आफू पहिचानको अधिकारका लागि लडदै आएको र जाति र समुदायको अधिकार स्थापित गर्नको लागि सधै अग्रमोर्चामा रहेर लडीरहने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा भुजेल संस्कृति विद डिकबहादुर भुजेलले भुजेलहरुको पहिचान र अवस्थाका वारेमा वोलेका थिए ।
सो अवसरमा दिल बहादुर भुजेल र उनको परिवारले श्रीमति चन्द्रमाया भुजलेको स्मृतिमा ४० हजार वरावरको वैठक टेवल हस्तान्तरण गरीएको थियो । सो कार्यको पहल समाजका केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेलले गरेका थिए ।

कार्यक्रममा सुनसरी क्षेत्र नं १ क तफका माननीय रमेश कुमार वस्नेत र ख तर्फका माननीय विजयकुमार राईलाई पनि वधाई ज्ञापन गरीएको थियो ।

जिल्ला अध्यक्ष रवि भुजेलको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेल,प्रदेश उपाध्यक्ष चन्द्र भुजेलको उपस्थिति रहेको थियो

bhujel = 1 bhujel = 5 bhujel = 4

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic