धरान उच्चद्धारा छात्रा वास्केटवल विजेता खेलाडीलाई सम्मान

  • मंसिर २५, २०७९
  • ९,७९२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिर ः धरान उच्चले हिसान उपाधि हात पार्न सफल खेलाडीहरुलाई एक कार्यक्रमका वीच सम्मान गरेको छ ।

हिसान सुनसरीद्धारा आयोजित खेदकुद अन्र्तगतको छात्रा तर्फको वास्केटवलको उपाधि विजेता कलेजका छात्रा तर्फका खेलाडीहरुलाई कलेजले सम्मान गरेको हो ।

uchha fina; 8

शनिवार सम्पन्न फाइनल खेलमा हिमालयन वोडिङ स्कुललाई हराउदै धरान उच्चले सो उपाधि हात पार्न सफल वनेको थियो ।

उच्चको टीमले फाइनल खेलमा हिमालयन वोडिङ स्कुललाई ११–२३ अङ्कले पराजित गरेको थियो । सो खेलमा धरान उच्चकी टीम क्याप्टेन सन्ध्या राईलाई उच्च अङ्ककर्ता र उत्कृष्ट खेलाडीको पुरस्कार समेत हात पार्न सफल वनेकी थिइन ।

खेलमा सन्धा राई क्याप्टेन, पूर्णिमा लिम्वु, देविका गहतराज,निर्जला भुजेल,सविना राई,इक्सा लावति, प्रियंका तामाङ, विन्दु राई, सदिक्षा मगर र सरला राई खेलाडीको रुपमा रहेका थिए ।

खेलाडीहरुलाई हौसला प्रदान गर उत्साहित गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको धरान उच्चका सहायक प्राचार्य सुरेशघिमिरेले जानकारी दिए ।

कार्यक्रममा सम्पूर्ण खेलाडी, क्याप्टेन, प्रशिक्षक नवीन राई, अफिसियल सुरेश घिमिरे लगायतलाई वधाई ज्ञापन गरीएको थियो ।

कलेजका अध्यक्ष शिव नारायण शाहको अध्यक्षतामा भएको सो वधाई तथा सम्मान कार्यक्रममा धरान उच्चका प्रिन्सिपल चित्र प्रसाद ढुंगेल,सहायक प्रिन्सिपल अनिशेस बास्तोला, विरेन्द्र मेमोरियल कलेजका प्रिन्सिपल ताराबहादुर निरौला लगायतको उपस्थिति रहेको थियो ।

uchha 6

dharan ucha= 5 dharan uchha = 3 dharan uchha = dharan uchha= 2

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic