थापालाई सृजनशील पत्रकारिता पुरस्कार

  • मंसिर २७, २०७९
  • ३,४२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, २७ मंसिर ः धरानमा पत्रकारीता गरीरहेका फोटो पत्रकार लक्ष्मण थापालाई गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरीएको छ ।

थापालाई धरान नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले पुरस्कार प्रदान गरेका थिए ।थापालाई प्रदान गरीएको पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो ।

थापा २०५७ साल देखी फोटो पत्रकारितामा सकृय रहेकाछन् । थापासँग काठमाण्डौबाट प्रकाशित हुने स्पेस टाइम्स, राजधानी दैनिक, विश्वदिप साप्ताहिकमा काम गरेको अनुभव रहेको छ ।

कपुरी अनलाइन तथा स्थानिय दैनिक, साप्ताहिक पत्रिकामा काम गरेका थापाले हाल आफ्नै ‘बुढासुब्बा न्युज’ युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् ।

नेपाल प्रेस युनियन र नेपाली काँग्रेस धरान नगर समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार धरानका पूर्व मेयर तिलक राईले स्थापना गरेका थिए ।

उपमहानगरपालिकाबाट मेयरले पाउने तलब, भत्ता, सुविधाको रकम आफूले नलिने तर सामाजिक कार्यमा खर्च गरिने घोषणा गरेका राईले सोही रकम मध्येबाट २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

नेपाली काँग्रेस सुनसरीका संस्थापक सचिव, प्रेस युनियन सुनसरीका संस्थापक धरानका अग्रज पत्रकार गिरिराज आचार्यको सम्मानमा पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरेका हुन ।

कोषबाट प्राप्त हुने व्याजको रकमबाट बर्सेनि एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिँदै आएको छ ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic