धरान सिटी कलेजमा खेलकुद सप्ताह शुरु

  • पुस ७, २०७९
  • १,३१७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ पुष ः धरान –१२ स्थित धरान सिटी कलेजले खेलकुद सप्ताह शुरु गरेको छ ।

वार्षिक रुपमा आयोजना गरीदै आएको खेलकुद कार्यक्रम अन्र्तगतको यस वर्षको सप्ताह शुरु गरेको हो ।

मंगलवारबाट शुरु भएको खेल सप्ताह अन्तर्गत ,क्यारेम वोर्ड प्रतियोगिता,चेस प्रतियोगित, म्युजिकल चियर,महिला चेस प्रतियोगिता,टेवल टेनिस प्रतियोगिता, र प्रतियोगिता सम्पन्न भईसकेको कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् ।

प्रतियोगिता अन्र्तगत क्यारेमवोर्ड छात्रातर्फ लक्ष्मी गुरुङ प्रथम वनेकीछन् भने सरु रम्तेल दोस्रो वनेकीछिन् । प्रिति राईले तेस्रो स्थान हात पारेकीथिइन ।

त्यस्तै क्यारेम वोर्ड प्रतियोगिताको छात्रतर्फ रिवाज कार्की प्रथम वनेका छन् भने सुजन भट्टराई दोस्रो वनेकाछन् । प्रतियोगितामा धिरज लिम्वु तेस्रो भएका थिए ।

त्यसैगरी म्युजिकल चियरतर्फ प्रियंका श्रेष्ठले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन भने यशोदा लिम्वुले दोस्रो स्थान पाएकि थिइन भने पुजा राईले तेस्रो स्थान ल्याउन सफल वनेकी थिइन ।

त्यस्तै छात्रा तर्फको चेस प्रतियोगितामा गिता राईले प्रथम स्थान ल्याउन सफल वनेकी थिइन भने अप्सारा राई दोस्रो वनेकीथिइन तेस्रो स्थान हेमु लिम्वुले ल्याृएकी थिइन ।

त्यसैगरी छात्रतर्फ रिवाज कार्कीले प्रथम स्थान ल्याउन सफल वनेका थिए । प्रतियोगितामा दिवस केवुहाङ लिम्वुले दोस्रो स्थान हात पारेका थिए भने प्रदिसान लिम्वु तेस्रो भएका थिए ।

यता छात्रा टेवल टेनिसतर्फ प्रियंका श्रेष्ठ प्रथम,लक्ष्मी गुरुङ दोस्रो र मुना धिमाल तेस्रो वनेकीथिइन ।

छात्रतर्फको टेवल टेनिस प्रतियोगितामा गौरव होडाले प्रथम स्थान ल्याएका थिए भने नविन कार्की दोस्रो भएका थिए ।

प्रतियोगितामा प्रथम हुने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरीने कलेजका उपाध्यक्ष तथा सिटी म्याराथन प्रतियोगिताका संयोजक राजेशमान श्रेष्ठले बताए ।

प्रतियोगिता अन्र्तगत वतृत्वकला प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता,फुटसल प्रतियोगिता, गायन,तथा तृत्य प्रतियोगिता, र सिटी म्याराथुन प्रतिायोगिता हुन वाकी रहेको श्रेष्ठले जानकारी दिएकाछन् ।

पुष ११ गते सोमवारका दिन सिटी म्याराथुन दौड प्रतियोगिता आयोजना गरीने र सो दौडमा ५पइन्ट ५ किलो मिटर रहेको छ । जसमा छाताचोकबाट शुरुभई लक्ष्मीचोक जिरोप्याइन्ट,अमरहाट हुदै पृथ्विी चोक,सिंहदेवी चोक ,माछा भौडी, देशीलाईन, भानुचोक हुदै छाता चोकमा पुगेर सकिनेछ ।

विद्यार्थीहरुलाई पढाईका अतिरिक्त शारीरिक व्यायम र शारीरिक तन्दुरुस्तीमा पनि जोडदिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरीएको संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएकाछन् ।

सप्ताहको समापन पुष १४ हुने कलेजका प्रिन्सिपल विसाल श्रेष्ठले जानकारी दिएकाछन् ।

 

 

 

 

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic