तोरीवारी खानेपानीमा सिग्देलको तेस्रो विजय

  • पुस ७, २०७९
  • २,११२ पटक पढिएको
  • छाल खबर
alt

 छाल खवर
धरान,७ पुष ः तोरिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बराहक्षेत्र १ को अध्यक्षमा डम्बरप्रसाद सिग्देल तेस्रो कार्यकालका लागि बिजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद कट्टेललाई फराकिलो मतान्तरले पछिपार्दै सिग्देल विजयी भएका हुन् ।
सिग्देलले कट्टेललाई ३ सय २१ को मतान्तरले पराजित गरेका हुन ।

निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए ।१४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए ।

त्यस्तै सदस्य भूगोल वडा नं। १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूगोल तर्फबाट चन्द्रबहादुर मगर (अनिल) विजयी भएका छन् ।

यता महिला सदस्यतर्फबाट गोमादेवी न्यौपाने, रेणुकुमारी तिमल्सिना र बिना राई विजयी भएका छन् ।

खुल्ला सदस्य पदमा राजु कार्की, दीपक कोइराला र विनोद गुरागाईँ विजयी भएका छन् भने लेखा संयोजक पदमा दीपक कार्की विजयी भएका हुन ।

सिग्देल समूह र कट्टेल समूह गरेर प्यानल बनाएर निर्वाचन भएको खानेपानी उपभोक्ता समिति कार्यसमितिमा अधिकांश सिग्देल प्यानलका सदस्य विजयी भएका छन् ।

अध्यक्ष सहित ९ जना कार्य समिति र एक जना लेखा संयोजक पदमा भएको निर्वाचनमा भौगोलिक सदस्य वडा नं.२ बाट मगर र खुल्ला सदस्यबाट निर्वाचित कोइराला र महिला सदस्य राई बाहेक अन्य सम्पूर्ण सिग्देल समूहबाट निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्षक्ष पद भने नव निर्वाचित कार्यसमितिको बैठकले निर्वाचित सदस्यबाट जिम्मेवारी दिने निर्वाचित अध्यक्ष सिग्देलले जानकारी दिएकाछन् ।

निर्वाचित भएपश्चात सिग्देल आफूले अल्पकालिन र दीर्घकालिन योजना अनुसार काम गर्ने प्रतिक्रिया दिएकाछन् ।

उनले अल्पकालिन अन्र्तगत २ वोरिङ सम्पन्न गर्ने,खानेपानी ट्याङ्कीमा कम्पाउण्ड वाल लगाउने र त्याहा भित्र शहिद पार्क निर्माण गर्ने योजना रहेको वताए ।

त्यसैगरी दीर्घकालिन योजना अनुसार पानी नभएको क्षेत्रमा खानेपानी विस्तार गर्ने, वजारमा एरियामा खानेपानीको पाइप सडका दुइछेउबाट विस्तार गर्ने, पानीको गुणस्तर शुद्धिकरणका लागि पानी प्रशोधन केन्द्र स्थापना गर्ने, खानेपानी उत्पादनको क्षमतालाई वृद्धि गर्ने तथा उपभोक्ताले खानेपानीको विल घरमै वसेर अनलाईन मार्फत तिर्ने व्यवस्था गर्ने रहेको छ ।

त्यस क्षेत्रका उपभोक्ताहरुले सिग्देललाई विजुलीका लागि कुलमान भने झै खानेपानीका लागि कुलमान मान्दै आएकाछन् ।

हिबिस्कसमा एसईईका विद्यार्थीलाई बिदाइ

छाल खवर धरान,३०चैत्र ः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५बाट एसईई ...

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic