सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने प्रचण्डको अडान

  • पुस ८, २०७९
  • १,९६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,८ पुषः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकारको नेतृत्व आफूले गर्नुपर्ने वताएकाछन् ।

संसदीय दलको नेता चयनभएलगत्तै दाहाल प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासँग पावर सेयरिङको लागि बालुवाटार पुगेर यस्तो वताएका हुन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा ३२ सिटसहित तेस्रो स्थान रहेको माओवादी पाटीका अध्यक्ष दाहालले अब बन्ने सरकारको पहिलो चरणको नेतृत्वमा दाबी पेश गरेर कांग्रेसलाई दबाबमा राखेका छन् । निर्वाचनमा कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको छ ।

निर्वाचनअघि कांग्रेसलाई सरकारको नेतृत्व सुम्पिन महत्वपूर्ण योगदान दिएको र गठबन्धनकै कारण कांग्रेस पहिलो दल बनेकोले अब बन्ने सरकारमा भने माओवादीले पहिलो चरणको नेतृत्व गर्नुपर्ने प्रचण्डको अडान छ ।

सो भेटवार्तामा सरकारको नेतृत्वबारे गम्भीर छलफल भएको थियो । देउवाले पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अडान राखेका थिए । दाहालले पनि आफ्नो अडान राखे । कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएको छ । आज साँझसम्म दुवै नेता बसेर सत्ता–सहकार्यको भागबण्डा टुँगो लगाउने चर्चा छ । देउवाले आफ्नो दूतको रुपमा प्रकाशमान सिंहलाई शुक्रवार विहान खुमलटार पठाएका थिए ।

सो क्रममा सिंहले पहिलो चरणमा देउवा नै प्रधानमन्त्री बन्ने कुरा राखेका थिए । सिंहले सो कुरा राख्न नपाउँदै दाहालले अब सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखे । उनी आफ्नो अडानबाट टसमस नभएको कुरा सिंहले देउवालाई ब्रिफिङ गरिसकेका छन् ।

सिंहलाई प्रचण्डले प्रष्ट रुपमा पहिलो चरणको सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने कुरा राखेका छन् । माओवादीले गठबन्धनबाट पहिलो चरणमा सरकारको नेतृत्व गर्न नपाए एमालेसँग सहकार्यको लागि गृहकार्य थालेको छ । एमालेले पनि प्रचण्डलाई प्रधानमन्त्री दिने भनिसकेको छ ।

 

 

 

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic