खेलकुद तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न

  • पुस ८, २०७९
  • २,९८७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान, ८ पुष ःखेलकुद बिटमा नयाँ पत्रकारहरुको दक्षता र क्षमता अभिबृदि बढाउन खेलकुद तथा आधारभूत पत्रकारिता तालिम शुक्रबार समापन भएको छ।

धरानमा भएको तीन दिने खेलकुद तथा आधारभुत पत्रकारिता तालिमा बुधबार देखि सुरु भएको थियो ।

धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघा र विशेष अतिथी अखिल नेपाल फुट्बलका बरिष्ठ सद्स्य तथा धरान फुट्बल क्लबका अध्यक्ष किशोर राईले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

विशेष अतिथी राईले तालिमको समापनका क्रममा धरान खेलकुदको सहर भनिँदै आए तापनि खेलकुद रिपोर्टिङको कमी रहेकाले नयाँ पुस्तालाई खेलकुद समाचारमा चासो बढाउन तालिम आयोजना गरिएको बताए ।

धरानमै अन्तराष्ट्रीय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता हुने र धरानलाई खेलकुद क्षेत्रमा ‘खेलकुदको सहरको रूपमा चिनिएको धरानलाई नयाँ गतिमा अघि बढाउनुपर्ने जिम्मेवारी धरान उपमहानगरपालिकामा लिएको र धरानमा मेयर कप भैइरहेको बताए ।

तालिम मित्र मिलन क्लब, धरान(१२ ले आयोजनाले धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाको कोषको सहयोगमा भएको थियो।

तालिममा आधारभूत पत्रकारिता सत्रमा पत्रकार तथा उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिएका थिए भने ब्लाष्ट दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले खेलकुद रिपोर्टिङ र अनलाइन पत्रकारीताका विषयमा र पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक इन्दु रसाइलीले फुटबल खेलको प्राविधिक पक्ष तथा नियमहरूका बारेमा प्रशिक्षण दिएका थिए ।

हिबिस्कस क्विज मेनियामा ६ विद्यालय फाइनलमा

छाल खवर धरान,९ मंसिर ःहिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान– १५ ले आयोजना ...

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic